+
+
Shares

बागीप्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय

रासस रासस
२०७४ असार १० गते १०:४९

१० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।

पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टीले यही असार १४ गते हुने तीन सय ३४ स्थानीय तहको निर्वाचनमा पार्टी मातहतका जनवर्गीय सङ्गठनलाई स्थानीय नगर तथा वडास्तरीय निर्वाचन समितिसँग समन्वय गरेर प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा विभिन्न प्रचारप्रसारका कार्यक्रमका साथै राजनीतिक गतिविधि तथा अभियान सञ्चालन गरिरहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । उनका अनुसार करिब तीन सय स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार दिइएको छ ।

पार्टीले जित्ने सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने र जित्न सक्ने स्थानमा अरु दलको सहयोग लिएर तालमेल गर्ने नीति लिएको छ । यस पटक पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारी पनि चुनाव प्रचारप्रसारका क्रममा विभिन्न जिल्लाको दौडाहामा छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?