Comments Add Comment

आर्थिक समाचार: बिप्पा भएकै मुलुकबाट न्यून लगानी

११ असार, काठमाडौं । युरोपेली मुलुक फ्रान्ससंग दिपक्षिय लगानी प्रवद्र्धन गर्न संरक्षण सम्झौता (बिप्पा) भएको ३४ वर्ष पुगीसकेको छ । यस अवधिमा फ्रान्सबाट ६३ करोड रुपैंयामात्र लगानीको प्रस्ताव आएको छ ।

बिप्पा भएको ३१ वर्ष पुरा भइसक्दा जर्मनीका लगानीकर्ताले सवा अर्ब लगानीको प्रस्ताव गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले बिप्पा भएकै मुलुकबाट न्युन लगानीलाई मुख्य समाचार बनाएको छ । निकुञ्ज भ्रमण गर्ने पर्यटक बढेलाई लेखेको अन्नपूर्णले निगमविरुद्ध पेट्रोलियम व्यवसायी आन्दोलितलाई पनि लेखेको छ ।

नौ अर्बको काम गर्न नौवटा कम्पनिको इच्छालाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । कागजी विवरण बनाई करोडौं अनियमिततालाई पनि नागरिकले लेखेको छ । भारतीय रेल्वेले रक्सोलमा ६ गुणा जरिवाना बढायोलाई पनि नागरिकले लेखेको छ ।

वैदेशिक सहायता प्रतिबद्धता बढ्योलाई कारोबार दैनिकले लेखेको छ । वित्तीय साक्षरतामा महिला अब्बललाई पनि कारोबारले लेखेको छ । भारतीय रेलवेले जरीवाना ६ गुणा बढायोलाई अभियानले लेखेको छ । चर्को बैंक ब्याजदरको प्रभाव बचतपत्रमालाई पनि अभियानले लेखेको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सन्दर्भमा असारभित्रै निर्माण सुरु हुनेलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । पर्साका करिब एकतिहाइ मात्र विकास बजेट खर्चलाई पनि गोरखापत्रले लेखेको छ ।

नेपालकै पहिलो नाथम टिचिङ होटेलका सन्दर्भमा नयाँ पत्रिका दैनिकले व्यवस्थापन एनआरएनबाटलाई मुख्य समाचार बनाएको छ । फेरी इन्धन वितरण ठप्प पार्ने धम्किलाई नयाँ पत्रिकाले लेखेको छ । सयौं भारतीय तिर्थालु हुम्लामा अलपत्रलाई नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment