+
+
Shares

पाल्पाको चुनावी एजेन्डाः संघीयताको खारेजीदेखि खानेपानी, सडक र बिजुलीसम्म

रासस रासस
२०७४ असार ११ गते १०:२१

११ असार, पाल्पा । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका तानसेन नगरपालिकाका प्रमुख पदका उम्मेदवारले खानेपानी, सडक, बिजुली र पर्यटनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट अजयमान कर्माचार्य, नेकपा (एमाले) का अशोककुमार शाही, नेकपा (माओवादी केन्द्र)की प्रतीक्षा सिंजाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेवन्तबहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका टीकाराम पौडेल, राष्ट्रिय जनमुक्तिका होमबहादुर थापा, सङ्घीय समाजवादी फोरमका कुमबहादुर घर्ती र स्वतन्त्रका श्रीधर पाण्डेले संयुक्त रुपमा तानसेनमा देखिएको मुख्य समस्याका रुपमा खानेपानी, सडक, बिजुली, पर्यटन विस्तार र ढललाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसका कर्माचार्यले आफू विजयी भएमा अल्पसङ्ख्य, दलित जनजाति महिलाका लागि नगरपालिकाको तर्फबाट निःशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने बताए । तानसेनलाई सफा, सुन्दर र आधुनिक सहरका रुपमा विकास गर्ने कर्माचार्यले प्रतिबद्धता जनाए ।

एमालेका उम्मेदवार शाहीले तानसेनलाई नमुना आधुनिक सहरको विकास गर्ने, पाँच वर्षभित्र उपमहानगरपालिकाको रुपमा तानसेनलाई रुपान्तरण गर्ने, तानसेन ‘एक घर एक सेयर’को अभियानलाई रुरु क्षेत्रमा नगरपालिकाले जलविद्युत् योजना सञ्चालन गर्ने, रुरु क्षेत्रमा अवस्थित ऋषिकेश मन्दिरलाई नेपालको प्रमुख धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने योजना रहेको बताए ।

माओवादी केन्द्रकी उम्मेदवार सिंजालीले तानसेनलाई भ्रष्टाचारमुक्त नगरका रुपमा विकास गर्ने, सेवाप्रवाहमा ढिलासुस्तीको अन्त्य गर्ने लैङ्गिक हिंसाको अन्त्य गरी एकल महिलालाई विशेष प्रकारको सुविधा प्रदान गर्ने, गाउँ गाउँमा सिंहदरबारको अधिकार स्थापित गर्ने बताइन् ।

राप्रपाका विष्टले शान्ति स्थापना गरी नगरमा सुशासन कायम गर्ने, धर्मको रक्षा गर्ने, आफ्नो तलब भत्ता गरिब परिवारमा खर्च गर्ने र किसानलाई विशेष राहत वितरण गर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका पौडेलले तानसेनमा देखिएको विद्युत् अनियमितता अन्त्य गर्ने, देशको राष्ट्रियता बचाउन, सङ्घीयता हटाउन जनमोर्चालाई मत दिन आग्रह गरे ।

राष्ट्रिय जनमुक्तिका थापाले तानसेनलाई भ्रष्टाचारमुक्त बनाउने, सर्वसुलभ रुपमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने, ढल, बाटो यातायातलाई व्यस्थित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

सङ्घीय समाजवादी फोरमका घर्तीले मगर जातिको उत्थान, संरक्षण जगेर्ना र चेतना जगाउने काममा आफ्नो उम्मेदवारी परेको बताए ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?