+
+
Shares

आलिया अब काश्मिरी युवतीको भुमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १२ गते १२:२८


हिन्दी चलचित्र ‘उड्ता पञ्जाब’ मा एक प्रवासी बिहारीको भुमिका निर्वाह गरेकी नायिका आलिया भट्ट अब कश्मिरी युवतीको भुमिकामा देखिने भएकी छिन् ।

मेघना गुलजारको जासुसी एवं रोमान्सले भरिएको चलचित्र ‘राजी’ मा आलिया कश्मिरी युवतीको भुमिकामा देखिन लागेकी हुन् । यसमा उनी पाकिस्तानी सेनाको श्रीमतिको रुपमा देखिनेछिन् । चलचित्रमा ‘मसान’का अभिनेता विक्की कौशल सैनिक अधिकारीको भुमिकामा देखिने भएका छन् ।

जंगली पिक्चर्स र धर्मा प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो चलचित्र हरिन्दर सिक्काको उपन्यास कालिंगमा आधारित छ । जासुसी एवं रहस्यले भरिएको चलचित्रमा भरपुर मनोरञ्जन हुने निर्माता करण जोहरको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?