Comments Add Comment

एनआरएनए केन्यामा नयाँ नेतृत्व

२६ जुन, नैरोबी । केन्याको राजधानी नैरोबीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद केन्याको तेस्रो महाधिवेशन वर्ष २०१७-२०१९ का लागि नयाँ नेतृत्व चयन गर्दै सप्पन्न भएको छ ।

महाधिबेशनले अध्यक्षमा कृष्णदत्त भट्ट र महासचिवमा बिष्णु कार्की छेत्री लगायत १५ सदस्यीय नयाँ कार्यसमिति २ वर्षको लागि चयन गरेको छ ।

अन्तर राष्ट्रिय समितिको सदस्यमा यादव काफ्ले, महिला संयोजक तारा ढकाल र युवा संयोजकमा सुरज डुम्रेलाई निर्वाचित गरेको छ ।

कार्यकर्मको उद्घाटन संयुक्त रुपमा केन्याका लागि नेपालका अबैतनिक बाणिज्यदूत जिम्मी ओस्कर र संघका अध्यक्ष रामचन्ऽ बस्यालले गरेका थिए ।

उक्त महाधिबेसमा बिशेष अतिथि अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की , गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् युगाण्डाका सचिव राजमणि भण्डारी डा. भुबनप्रसाद ढकालले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

केन्यामा नै पहिलो पटक नेपाली सांस्कृतिक झलकका साथ ‘पूर्वको मेची हाम्रै हो पश्चिमको काली हाम्रै हो’ भन्ने राष्ट्र प्रेमले भरिपूर्ण गीतको बोलमा लक्ष्मी बुलुन ममता बस्नेत कुँवर, तारा ढकाल,लक्ष्मी बस्याल र लास्ता धितालबाट नृत्य प्रस्तुत भएको थियो । युबा समूह र बाल कलाकारबाट पनि नृत्यहरु प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment