Comments Add Comment

प्रदिपले अश्लेषालाई सोधे-‘प्रेमी छ भने ब्रेकअप कहिले दिन्छ्यौ’


साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’का कारण नायक प्रदिप खड्का र नव-नायिका अश्लेषा ठकुरीलाई भ्याइनभ्याई छ । प्रचारप्रसारको दौडमा यी दुइ विभिन्न स्थानमा पुगिरहेका छन् ।

यो जोडीसँग अनलाइनखबरले ‘मस्ती टक’ गरेको छ । ‘मस्ती टक’का क्रममा यी दुइले खुलेर कुरा गरे । प्रदिपले यो चलचित्रमा एक्सन गर्दा निकै गाह्रो भएको सुनाए । यता, अश्लेषाले आफ्ना लागि चलचित्रका हरेक पलहरु रमाइलो लागेको बताइन् ।

अश्लेषा र प्रदिपसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


रमाइलो कुराकानीका क्रममा प्रदिपले आफूलाई ‘गायिका इन्दिरा जोशीसँग बिहे, करिश्मा श्रेष्ठसँग डेटिङ र स्वस्तिमा खड्कासँग भाइटिका’ लगाउन मन लागेको बताए । प्रदिपले यसो भनिरहँदा अश्लेषाले भने ‘नाजिर हुसेनसँग बिहे, अनमोल केसीसँग भाइटिका र प्रदिप खड्कासँग डेट’मा जान मन लागेको सुनाइन् ।

कुराकानीका क्रममा अश्लेषालाइ प्रदिपले प्रपोज पनि गरे । जसमा अश्लेषाले के जवाफ दिइन्, तपाइले भिडियो नै हेर्नुपर्नेछ । रामशरठ पाठक निर्देशित यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रको गीतसंगीत, ट्रेलर र कथावस्तुका कारण दर्शक हलसम्म पुग्ने दुइ कलाकारको दाबी छ ।

प्रदिप र अश्लेषाले कुराकानीका क्रममा आफ्नो प्रेम जीवनको रमाइलो क्षण पनि खुलाएका छन् । प्रेमिका अष्ट्रेलिया पुगेपछि प्रदिपको व्रेकअप भएको थियो । यस्तै, अश्लेषा पनि प्लस टूमा अध्ययन गर्दा प्रेममा परेकी रहिछन् ।

दुबै जनालाई हामीले सोध्यौ, ‘बाथरुममा २’ जना नुहाउनु भएको छ, यसमा दुइको जवाफ के आयो ? भिडियोमा हेर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment