Comments Add Comment

संखुवासभाको चिचिला र शिलिचोङमा कांग्रेस विजयी

१६ असार, काठमाडौं । संखुवासभाको शिलिचोङ र चिचिला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

संखुवासभाको अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कुलुङले १८८१ मत ल्याएर विजयी भएका छन् । यस्तै उपाध्यक्ष्मा पनि कांग्रेसकै लालकुमारी कुलुङ १६९९ मतका साथ विजयी भएकी छन् ।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङले १३४७ मत र उपाध्यका निकटतम प्रतिद्वन्द्वी माओवादीकै देवी कुमारी राईले १४०८ मत ल्याइन ।

यस्तै चिचिलामा कांग्रेसका पासाङनेर्वु शेर्पाले १४६२ र उपाध्यक्षमा यादुकुमारी राईले १३७२ मत ल्याएर विजयी भइन । प्रतिद्वन्द्वी सन्तोष गुरुङको ७७० र उपाध्यक्षका प्रतिद्वन्द्वी ७४९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment