Comments Add Comment

प्यूठानको नतिजाः एमाले ७, माओवादी र राजमो ४-४ वडामा विजयी

१६ असार, प्यूठान । दोश्रो चरणको निर्वाचन अन्तर्गत ५ नं. प्रदेशको पहाडी जिल्ला प्यूठानमा मत गणनाको नतिजा आउने क्रम शुरु भएको छ । शुक्रवार विहानसम्म १७ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।

२ नगरपालिका सहित ९ स्थानीय तह रहेको प्यूठानमा ६४ वटा वडा रहेका छन् । जसमा नेकपा एमालेले ७ वडामा विजय हाासिल गरेको छ । माओवादी केन्द्रले ४, राष्ट्रिय जनमोर्चा ४ र नेपाली कांग्रेसले २ वडामा जित हासिल गरेका छन् ।

९ तहमध्य सरुमारानी, माण्डवी, ऐरावती, नौबहिनी, झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा नेकपा एमालले अग्रता कायम गरेको छ ।

प्यूठान नगरपालिकामा माओवादी अग्रस्थानमा छ । गौमुखी गाउँपालिकामा कांग्रेस अग्रस्थानमा छ ।

मल्लरानी गाउँपालिकामा राजमो जितको नजिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment