Comments Add Comment

डोटीका जोरायल र आदर्श गाउँपालिकामा एमाले विजयी

शिखर नगरपालिकामा कांग्रेसको पल्लाभारी


१८, असार, डोटी । डोटीका थप दुई गाउँपालिकाको परिणाम सार्वजनिक भएको छ । दुवै तहमा एमाले विजयी भएको छ । यो परिणामसंगै एमालेले जिल्लाका पाँच स्थानीय तह हात पारेका छ ।

आदर्श गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार टेकबहादुर रोकाया तीन हजार पाँच सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मणवहादुर सिंहले दुई हजार सात सय ६ मत प्राप्त गरेका छन ।

यस्तै उपाध्यक्ष एमालेकै कमलादेवी रोकायाले तीन हजार पाँच सय ३७ मत ल्याइन् । उनका निकटतम प्रतिनिधि कांग्रेसका कृष्ण ओझाको पक्षमा दुई हजार ६ सय ४२ मत पर्यो ।

यस्तै जोरायल गाउँपालिकामा पनि नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दुर्गादत्त ओझा तीन हजार आठ सय ७४ मत ल्याइ अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दीपककुमार बिष्टले तीनहजार दुई सय २८ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा एमालेकै जमुना बोहराले तीन हजार नौ सय ५९ मत प्राप्त गरी विजयी भएकी छन । उनका प्रतिद्वन्द्वी कांग्रेसकी भावना बम (ओझा) ले तीन हजार ४६ प्राप्त गरेकी छन ।

शिखर नगरपालिकामा कांग्रेस विजयी

उता, डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृत दमन सिंह बिष्टले मेयर पदमा कांग्रेसका सिताराम जोशी निर्वाचित भएको घोषणा गरेका छन । जोशीले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार शेरबहादुर मल्ललाई नौ सय १७ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

जोशीले पाँच हजार तीन सय ५३ मत प्राप्त गरेका छन भने मल्लले चार हजार चार सय ३७ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार भने नौ सय २९ मा खुम्चिए ।

उपमेयरमा पनि कांग्रेसकै धौलीदेवी रावल विजयी भइन् । रावलले पाँच हजार दुई सय ३५ मत पाइन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राधिका बोहराले चार हजार चार सय ७० मत प्राप्त गरेकी छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार नेत्रा साउद बोहराले एक हजार ६ मत प्राप्त गरेकी छन् ।

डोटीका नौ स्थानीय तहमध्ये एमालले पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै र एक स्थानीय तहमा उपप्रमुख जितेको छ । कांग्रेसले तीन स्थानीय तह र माओवादी केन्द्रले स्थान जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment