Comments Add Comment

बर्दियाको मधुवनमा माओवादी विजयी, गणेश बने मेयर

१८ असार, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा गणेश क्षेत्री र उपाध्यक्षमा शोभारानी थारु विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित क्षेत्रीले ८ हजार ४३१ मत पाएका छन् । उनले एमालेका उम्मेदवार दुर्गा बहादुर ओलीलाई २ हजार ५ सय ८ मत अन्तरले हराए । ओलीको पक्षमा ५ हजार ९२३ मत परेको थियो ।

यसैगरी उपाध्यक्षमा निर्वाचित माओवादीकै शोभारानी थारुले एमाले उम्मेदवार हिरा चौधरीलाई १ हजार ५ सय ८१ मत अन्तरले हराएकी छन् । शोभारानीको पक्षमा ७ हजार ५२३ मत पर्दा हिराले ५ हजार ९४२ मत पाइन् ।

मधुवन नगरपालिकामा माओवादी केन्द्रले १, २, ४ र ७ नम्बर वडा जितेको छ । एमालेले ६, ८ र ९ तथा कांग्रेसले ३ र ५ नम्बर वडा जितेका निर्वाचन अधिकृत भिमबहादुर कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment