Comments Add Comment

होलेरीमा एमालेले विजय उत्सव मनायो

रोल्पा । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रोल्पाका दुई गाउँपालिकामा विजय हासिल गरेको छ ।

रोल्पाको दक्षिणी भेग रुन्टीगढी र त्रिवेणीमा एमालेले जितेर आफ्नो झण्डा फहराएको हो । रुन्टीगढीमा अध्यक्ष बालाराम बुढामगर र उपाध्यक्ष छमाया पुनले जितेका हुन् । बालाराम एमाले रोल्पाका उपाध्यक्ष हुन् भने छमाया अनेमसंघ रुन्टीगढीकी सदस्य हुन् ।

त्रिवेणीमा शान्तकुमार वली र सावित्रा बुढाले उपाध्यक्ष पदमा विजय हासिल गरेका छन् । वली एमाले रोल्पाका पूर्व अध्यक्ष हुन् भने बुढा अनेमसंघ केन्द्रीय सदस्य हुन् । त्रिवेणीको परिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

होलेरीमा एमालेको विजय उत्सव

नेकपा एमाले रुन्टीगढीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेपछि विजयी उत्सव मनाएको छ ।

माओवादी किल्ला मानिएको रोल्पामा जितेपछि एमालेका नेता-कार्यकर्ताले गाउँ-गाउँमा विजय जुलुस निकाल्दै खुसियाली मनाएका छन् ।

रून्टीगढीका नवनिर्वाचित अध्यक्ष बुढामगर र उपाध्यक्ष पुनले आफूहरु गाउँपालिकाको विकासका लागि डटेर लाग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment