Comments Add Comment

भोजपुरको षडानन्द नगरमा कांग्रेस विजयी

१८ असार, भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको ।

१४ वटा वडाहरु रहेको यस नगरपालिकामा कांग्रेसलाई शुरुदेखि पछ्याइरहेका नेकपा एमालेका सुरेन्द्र उदास २९२ मतान्तरले पराजित भए ।

कांग्रेसका वीरबल राईले ४९८६ मत प्राप्त गरे भने एमालेका उदासले ४६९४ मत ल्याए । उपमेयरमा भने एमालेकी मेरिका राईले ४६९७ मत ल्याएर विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी सीता श्रेष्ठले ४४१३ मत प्राप्त गरिन् ।

षडानन्द नगरपालिका काँग्रेस नेता अर्थमन्त्री ज्ञानेन्ऽबहादुर कार्कीको गाउँ हो । यो नगरपालिका अनेरास्ववियूका पूर्व अध्यक्ष तथा एमाले नेता राजेन्ऽ राईको पनि गृह क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment