Comments Add Comment

नमस्कार किन गर्ने ? यस्तो छ कारण र महत्व


जब कसैसँग भेट हुन्छ, हामी दुई हात जोडेर नमस्कार गर्छौ । आफन्त, चिनेजानेका, इष्टमित्र, गुरु, अतिथि जो कोहिलाई पहिलो भेटमा नमस्ते गर्छौ । किन ?

नमस्ते गर्नु केवल परम्पराको निरन्तरता मात्र हो कि, अरुपनि ? नमस्ते किन गरिएको हो ? यसको अर्थ के छ ?
नमस्ते गर्नु हाम्रो संस्कार हो । र, यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ ।

के छ फाइदा ?

नमस्कार गर्नु यौगिक क्रिया पनि हो । दुई हात जोडेर नमस्कार गर्नुको बैज्ञानिक महत्व छ । नमस्कार गर्दा दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखिन्छ । आँखा बन्द गरिन्छ र शिर झुकाइन्छ ।

हाम्रो हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको हुन्छ । जब नमस्कार गर्छौ, हातका औंलाहरु आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञा चक्र सक्रिय हुन्छ । यसले जागरण बढ्छ । उक्त जागरणले मनमा शान्त र चित्तमा प्रशन्नता आउँछ ।
। नमस्कार गर्दा पाचन यन्त्रलाई पनि फाइदा पुग्ने बताइन्छ । दुई हात जोडेर नमस्कार गर्दा यस किसिमको शारीरिक व्यायाम हुन्छ, जसले पाचन यन्त्रमा प्रभाव पर्छ ।हात जोड्दा शरीरको रक्त संचार प्रवाह हुन्छ ।

मनोवैज्ञानिक फाइदा

नमस्कार गर्नु मनोवैज्ञानिक पद्धती पनि हो । हात जोडेर तपाई कडा वा क्रोधित रुपमा बोल्न सक्नुहुन्न । किनभे नमस्कार गर्दा हाम्रो अहंकार नष्ट हुन्छ । विनय गुण नम्रता विकास हुन्छ । मन शुद्ध हुन्छ ।

आध्यात्मिक महत्व

दायाँ हात आचार अर्थात धर्म र वायाँ हात बिचार अर्थात दर्शनको हुन्छ । नमस्कार गर्दा दायाँ र वायाँ हात जोडिन्छ । यसले आध्यात्मिक लाभ मिल्छ ।

मानव शरीरको एक भागमा सकारात्मक र अर्को भागमा नकारात्मक उर्जा हुन्छ । दुबै हात जोड्दा सकारात्मक उर्जा प्रवाह हुन्छ । कसैलाई प्रणाम गरेपछि आर्शिवाद प्राप्त हुन्छ, यसले उसमा आध्यात्मिक विकास हुन्छ ।

नमस्कार तीन प्रकारको हुन्छ

१. सामान्य नमास्कार
२. पद नमस्कार
३. साष्टांग नमस्कार

सामन्य नमस्कार- कुनै व्यक्तिलाई भेट्दा हामी दुई हात जोडेर नमस्कार गर्छौ । नमस्कार गर्दा दुबै हात जोडेर, गर्दन हल्लाएर नमस्कार गर्नुपर्छ । यसले गर्दा जसलाई हामी नमस्कार गर्छौ, उनमा राम्रो भावना विकास हुन्छ । नमस्कार गर्दा दुई सेकेन्डका लागि आँखा बन्द गर्नुपर्छ । यसले आँखा र मन रिप्रेश हुन्छ ।

पद नमस्कार- यस अन्र्तगत हामी आफ्नो परिवार, कुटुम्ब, बुढापाका, आमाबुवाको खुट्टा छोएर नमस्कार गर्छौ । अक्सर यस किसिमको नमस्कार गर्दा आफुले श्रद्धा गर्ने व्यक्तिलाई मात्र गर्नुपर्छ । नचिनेका व्यक्तिलाई यस्तो नमस्कार गर्नु हुँदैन ।

साष्टाङ्ग नमस्कार-यसलाई दन्डवत प्रणाम पनि भनिन्छ । यो नमस्कार केवल मन्दिरमा गरिन्छ । मन्दिरमा साष्टाङ्ग नमस्कार गर्दा खुट्टामा जुत्ता, चप्पल हुनुहुँदैन । यो नमस्कार गर्दा पुरुषले शीर ढाक्नु हुँदैन । तर, महिलाले शीर ढाक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment