+
+

नेपालको पर्यटन प्रबर्द्धनका लागि स्वीट्जरल्याण्डबाट जोड

बसन्त रानाभाट बसन्त रानाभाट
२०७४ असार २० गते १०:३७


४ जुलाई, बार्सिलोना । नेपालको पर्यटन प्रवर्द्धनका लागि एक बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली राजदूतावास जेनेभा तथा एनआरएनए स्विीट्जरल्याण्डको संयुक्त आयोजनामा शनिबार राजधानी बेर्नमा कार्यक्रम सम्पन्न भएको हो ।

‘हिमालहरुः संस्कृति र मानिसहरुबीचको संगमविन्द’ नाम दिइएको कार्यक्रममा,स्वीट्जरल्याण्डको विदेश विभाग एसिया प्यासिफिक क्षेत्र प्रमुख योहानेस माट्टअिासी प्रमुख अतिथिको रुपमा सहभागी भए ।

कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी ब्यक्त गर्दै माट्टअिासीले दुई देश बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालको पर्यटन बिकासमा लागि स्वीटजरल्याण्डको सधै सहयोग र सद्भभाव रहने बताए । उनले दुई देशको कुट्नीतिक सम्बन्ध र सहकार्यको चर्चा गरे ।

स्वीटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले दुवै देश हिमाली राष्ट्र्रहरु भएकाले पनि विविध समानता रहेको बताउँदै नेपालको पर्यटन प्रवर्द्धनमा स्वीट्जरल्याण्डले खेलेको भूमिको प्रशंसा गरे ।

राजदूत धितालले नेपालको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै नयाँ संबिधान अन्तर्गत स्थानीय निकायका निर्वाचनहरू सम्पन्न भैरहेकोमा जानकारी समेत गराए ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रि्रय समन्वय परिषदका सदस्य डा. विनय श्रेष्ठले एनआरएनले जारी राखेको ‘अतिथिदेवो भव’ कार्यक्रमको चर्चा गरे । उनले थपे-‘दुई साँस्कृतिक र दुई प्राकृतिक युनेस्को विश्व सम्पदाहरु हुनु मात्र पनि पर्यटन प्रबर्द्धनका लागि अपर्याप्त हुन सक्छ । त्यसैले प्रतिस्पर्धापूर्ण पर्यटकीय क्षेत्रका कारण नेपाल जाने सम्भावित पर्यटकहरुलाई विश्वस्त पार्न सक्ने र संगठित तबरको बजार उपस्थिति अपरिहार्य छ ।’

कार्यक्रममा नेपाल पर्यटन बोर्डर्का प्रतिनीधि कमल भट्टले नेपाल कहिले र किन घुम्ने भन्ने विषयमा जानकारी गराए । यस्तै नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्थुलले पनि नेपालको पर्यटन प्रबर्द्धनका बिषयमा बोले ।

कार्यक्रममा स्विस नागरिकहरु र नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपालमा पर्यटन प्रबर्द्धन गर्ने उदेद्दयसहित केही वर्षदेखि यो कार्यक्रम नियमित आयोजना हुँदै आएको छ । नेपाली सँस्कृति झल्कने नृत्य र गीत-संगितसहित नेपाली खानाका परिकारहरु पनि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?