Comments Add Comment

अस्वस्थ्यकर भनिएका यी खानेकुराः यसरी सेवन गर्दा फाइदाजनक


राम्रो स्वास्थ्यका लागि खानपान पनि स्वस्थ्य र सन्तुलित हुनुपर्छ । यहि चेतनाको कारण अहिले धेरैजसोले खानपानमा विशेष सावधानी अपनाउने गरेका छन् । यससँगै उनीहरुले आफ्नो मेनुबाट धेरै खानेकुरा कटौती गरेका छन् । उनीहरुलाई लाग्छ ति खानेकुरा अस्वस्थ्यकर हुन् ।

तर, अहिले जुन खानेकुरालाई अस्वस्थ्यकर भनेर कटौती गरिएको छ, त्यो सत्य होइन । पोषणविद्हरु भन्छन्, ‘ती खानेकुराहरु नियन्त्रित मात्रामा सेवन गर्दा बेफाइदा होइन, फाइदा पुग्छ ।’

के हुन् त ति खानेकुरा ?

कफी

कफीमा अभ्यस्त भइसकेकाहरु पनि अहिले कफी सेवन गर्न हच्किन्छन् । किनभने, यसको बेफाइदाबारे अनेकन चर्चा हुने गरेका छन् । तर, कफी यस्तो चिज हो जसको फाइदा वा नोक्सान त्यही कुरामा निर्भर गर्छ, त्यसलाई तपाई कसरी तयार गर्नुहुन्छ ।

यदि तपाई बिहान एक कप ब्ल्याक कफी चिनी नहाली पिउनुहुन्छ भने त्यसले फाइदा गर्छ । यसले तपाईलाई आवश्यक एन्टि अक्सिडेन्ट र इनर्जी मिल्छ ।

कफीमा धेरै चिनी, क्रिम र अतिरिक्त फ्लेबर मिसाइन्छ भने त्यसले आवश्यै हानी गर्छ । त्यसैले सहि ढंगले कफी बनाएर पिउनुपर्छ ।

आलु

अहिले धेरैको खानाबाट आलु कटौती भएको छ । अझ मोटोपनले ग्रस्त व्यक्तिहरु त आलुको नाम लिनै चाहँदैनन् । यो सत्य हो कि, आलुमा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । तर, यो पनि सत्य हो कि, आलुमा भिटामिन सी र पोटाशियमको मात्रा पनि हुन्छ ।

आलुलाई उसिनेर त्यसलाई अचार वा सलाद बनाएर सेवन गर्नु फाइदाजनक हुन्छ । आलुलाई तारेर, भुटेर एवं डिप फ्राई  गरेर सेवन गर्नु अस्वस्थ्यकर मानिन्छ ।

घिउ

घिउलाई लिएर मानिसमा यस्तो गलत धारणा छ कि, घिउ सेवन गर्दा मोटोपन बढ्छ । कतिले के पनि ठान्छन् भने जुन चिज मीठो हुन्छ, त्यो अस्वस्थ्यकर हुन्छ । घिउको एसेन्शियल फ्याट धेरै हुन्छ र क्यालोरी कम हुन्छ ।
दिनमा एक चम्चा घिउ सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ । यद्यपी हरेक कुराको मात्रा हुन्छ । घिउ पनि आवश्यक्ता बढी सेवन गरियो भने निश्चय नै बेफाइदा गर्छ ।

पास्ता

यदि तपाईले सहि ढंगले पास्ता बनाउनु भयो भने यो निकै फाइदाजनक हुनसक्छ । यसमा ब्रोकाउली, पालक र मनपर्ने सब्जी मिसाउनुपर्छ । क्रीमी वाइट ससको साटो गोलभेडाको अचार प्रयोग गरौ । यसमा एन्टि अक्सिडेन्टको मात्रा बढाउँछ ।

अन्डाको पहेंलो भाग

यदि तपाई पनि अन्डा खाएको बेला पहेंलो भाग लिनुहुन्न भने, अब यस्तो नगर्नुहोस् । कतिपयले अन्डामा अधिक कोलेस्ट्रोलको कारण सेवन गर्दैनन् । तर, सत्य के हो भने, अन्डाको पहेंलो भागका रहेको कोलेस्ट्रोरले तपाईको शरीरको कोलेस्ट्रोरको लेभलमा कुनै प्रभाव पार्दैन । त्यसैले अन्डाको पहेंलो भाग सेवन गर्दा पनि कुनै नोक्सान हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment