बलिउड चलचित्र ‘जग्गा जासुस’मा नायक गोबिन्दाको रोल काटिएको विषय अहिले बलिउडमा चर्चाको विषय बनेको छ । नायक गोबिन्दाले आफुले कपुर खानदानलाई सम्मान गर्ने भन्दै मौखिक आग्रहमै काम गरेको बताएका छन् । ‘म कपुर खानदानलाई आदर गर्छु, त्यही कारण बिरामी भएको वेलामा पनि गएर सुटिङ गरेँ ।’ गोबिन्दाले भने-‘तर, अहिले मेरो भूमिका काटिएको कुरा सुन्दैछु ।’
गोबिन्दाले आफ्नो रोल काटिएको जानकारी पाएपछि ट्वीट गर्दै चलचित्रसँग जोडिएका केही कुरा सार्वजनिक गरेका थिए । ‘रणबीर मेरो सिनियर कलाकारको छोरा हो, त्यसकारण उसको आग्रहलाई मान्दै मैले साइनिङ एमाउन्ट समेत नलिई काम गरेँ तर, अहिले हटाइयो ।’ गोबिन्दाले भनेका छन् ।
चलचित्रका निर्माता समेत रहेका रणबीर कपुरले गोबिन्दाको रोल हटाउनु परेकोमा माफी माग्दै भनेका छन् कि-‘चलचित्र पुरा नगरी चलचित्र सुटिङ गर्नु मेरो गल्ती भयो ।’
चलचित्र पुरा हुँदै गर्दा कथाको स्वरुप निकै परिवर्तन भएको भन्दै रणबीरले चलचित्रकै कारण गोबिन्दा बाहिरिएको भन्दै सिनियर कलाकारलाई हटाउनुपर्दा दुःख लागेको बताएका छन् ।
प्रतिक्रिया 4