+
+
Shares

महिलाको हत्या आशंकामा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २८ गते १९:४४


२८ असार, गुल्मी । गुल्मी र बाग्लुङको सिमानामा पर्ने बडिगाड खोलामा सोमबार मृत फेला परेकी गुल्मी अमराईकी गिता नेपालीको हत्यामा संलग्न भएको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाग्लुङको बडीगाड गाउँपालिका २ सक्नेरका २० वर्षीय हिराबहादुर मगरलाई खर्वाङ प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । उनलाई हरिचौर इलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

खर्वाङबाट प्रनानि भोजबहादुर बानियाँको नेतृत्वमा खटिएको प्रहरी टोली मगरको घरमा पुगेको थियो । उनका बुवाले चार-पाँच दिनदेखि छोरालाई घरमा नदेखेको बताएपछि प्रहरीले घर खानतलासी गर्न सुरु गरेको थियो । घरभित्रै रहेका मगर भाग्न खाजेपछि प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शी स्थानीयले बताए ।

घटनाको दिन अभियुक्त मगर, गीता नेपाली र उनकी भाउजू सीता नेपाली राति ८ बजेसम्म सँगै बसेर बियर सेवन गरेको खुल्न आएको छ ।

मृतक गीताको हत्या नै भएको स्थानीयले ठोकुवा गर्दै आएका छन् । तर हत्याको कारण र संलग्नताबारे भने खुलेको छैन । प्रहरीले घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?