Comments Add Comment

बर्खामा लाग्नसक्छ बच्चालाई झाडापखला, यसरी गर्ने घरमै उपचार

वर्षाको मौसम छ । यतिबेला संक्रमित खानेकुरा तथा पानीको सेवनले झाडापखला लाग्न सक्छ । यो आफैमा जटिल समस्या होइन । तर, यस्तो अवस्थामा राम्रो हेरचाह गरिएन भने त्यसले गंभिर समस्या निम्त्याउन सक्छ ।

डराउनुपर्ने केहि छैन, बच्चालाई घरमै पनि उपचार गर्न सकिन्छ । यसको लागि पहिलो सर्त हो, सरसफाई । साथै पर्याप्त पानी पिउन दिनुपर्छ । साथै सुपाच्य खानेकुरा मात्र सेवन गराउनुपर्छ ।

सामन्यतः पखला लागेको सजिलै थाहा हुन्छ । यद्यपी त्यसको सुरुवाती लक्षण पत्ता लगाएर उचित सावधानी अपनाइयो भने दुख पाइदैन ।

उपचार गर्ने विधि

१. बच्चालाई पखाला लागेको थाहा पाउनासाथ अदुवाको सानो टुक्रा चपाउन दिने वा त्यसको रस पिउन लगाउने

२. अमला, कागती र चिनी मिसाएर ताजा जुस बनाउने । जुन बच्चाको लागि निकै फायदाजनक छ ।

३. आधा चम्चा अदुवाको रस, कागतीको रस र एक चौथाई मरिजको धुलो मिसाएर दिएको खण्डमा पनि त्यसले बच्चाको स्वास्थ्यमा फाइदा पुग्छ ।

४. दहीदहीमा केरा फेटेर दिदा त्यसले पनि बच्चाको दिशा चाडै रोकिन्छ ।

५. जिराको दानालाई राम्ररी भुट्ने, र त्यसलाई खाना पश्चात्त दहीसित दिनाले पनि बच्चाको पाचन प्रकि्रयामा मद्दत पुग्दछ । यसले पखाला रोक्नु साथै बच्चालाई छिट्टै निको गराउँछ ।

यद्यपी सुरुवाती चरणमा घरेलु उपचार प्रभावकारी हुन्छ । यदि बच्चालाई निकै ग्रस्त बनाइसकेको छ भने चिकित्सककहाँ पुर्‍याउनुपर्छ । जस्तो कि निम्न अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।

– जब बच्चाले निरन्तर पातलो दिसा गर्न थाल्छ
– पेट दुख्यो भन्छ ।
– शरीर चिसो हुन्छ
– ज्वरो पनि आउन सक्छ ।
– कमजोर महसुष गर्छन् ।
– थोरै पिसाब हुन्छ ।
– रुँदा थोरै मात्र आँशु आउँछ ।
– शरीर चिसो र रुखो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment