हुनत, आफूले निर्देशन गरेको चलचित्रकी नायिकासँग निर्देशक नजिक हुनु नौलो कुरा होइन । कारण, कलाकारले हरेक समय साथ दिएको खण्डमा चलचित्रलाई पनि फाइदा नै हुनेछ ।
तर, निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काको निकटता भने अहिले खुबै देखिन थालेको छ । चलचित्र ‘छक्का पन्जा २’मा स्वस्तिमाले काम गरेदेखि नै दीपा उनीसँग नजिक देखिएकी हुन् । चलचित्रको छायांकनका क्रममा सार्वजनिक भएका तस्बिर हुन् वा त्यसपछि सार्वजनिक भएका तस्बिर नै किन नहुन्, दीपा र स्वस्तिमा नजिक भएका छन् ।
कलाकार जीतु नेपालको जन्मदिनको सेलिव्रेशन वा स्वयंम स्वस्तिमाको जन्मदिनको सेलिव्रेशन नै किन नहोस्, निर्देशक र नायिका खुबै मिलेको देखिएको थियो ।
वुधबार आयोजना भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रिमियरमा पनि दीपा र स्वस्तिमाको निकटता देखियो । चलचित्रका अन्य २ नायिका भन्दा दीपा स्वस्तिमासँग घनिष्ट देखिएकी छिन् । यो घनिष्टता, चलचित्र रिलिजपछि पनि रहेको खण्डमा अझै सुनमा सुगन्ध हुने थियो ।
प्रतिक्रिया 4