Comments Add Comment

‘थोरै पुँजीको कम्पनीलाई तत्काल सूचीकरण नगरौं’


३० असार, काठमाडौं । १० करोड रुपैयाँभन्दा कम पुँजी भएका कम्पनीहरुलाई तत्काल बजारमा सूचीकरण गर्न नहुने सरोकारवाहालाहरुले बताएका छन् ।

‘२ करोडको कम्पनी बजारमा ल्याउनु नै हुँदैन्, चाँहे त्यो उत्पादनमुलक क्षेत्रका नै किन नहुन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले केही दिन अघिको एक कार्यक्रममा भने । नियामक नभएका संस्थाहरुको भर नहुने र त्यस्ता कम्पनीको सेयर कर्नरिङ हुने समस्या समेत रहेको भन्दै अर्यालले यस्तो सुझाव दिएका हुन् ।

अर्यालले भने जसरी कम पुँजीका कम्पनीहरुलाई बजारमा आउन रोक लगाउन भने मिल्ने अवस्था छैन् । अहिलेपनि कतिपय कम पुँजीका संस्थाहरुले सर्वसाधारणमा अनिवार्य सेयर जारी गर्नै पर्ने व्यवस्था रहेकोले यस्तो सम्भावना नरहेको हो ।लघुवित्त कम्पनीहरु यस्तै मध्येका कम्पनी हुन् । धेरै वा कम (१ देखि २ करोड रुपैयाँ) जति पुँजी भएपनि लघुवित्त कम्पनीहरुले सर्वसाधारणमा अनिवार्य सेयर जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै कम्पनीहरुको बढि सेयर कर्नरिङ हुने गरेको छ । कुनै समूहले साना पुँजीका कम्पनी (कम सेयर हुने भएकोले) को सेयर किनेर आवश्यकता अनुसार मूल्य बढाउदै बेच्ने रणनीति नै सेयर कर्नरिङ हो ।

हुनत ः सेयर कर्नरिङ रोक्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले कम्पनी अनुसार कारोबार अघि निश्चित प्रतिशत सेयर डिम्याट (सेयरको विद्युतीय अभिलेख) भएकै हुनुपर्ने व्यवस्था गरेको थियो । यस्तो प्रतिशत बराबर सेयर डिम्याट भएपछि मात्रै कारोबार गर्न सकिने व्यवस्था गरेमा पछिल्लो समय भने सेयर जारी पछि नै डिम्याट सेयर दिइने चलन रहेकोले यो समस्या हटेको छ ।

सेयर बजारमा ठुला कम्पनीहरुको सेयर कर्नरिङ गर्ने र भाउ बढाएर बेच्न असम्भव नै भएपनि साना कम्पनीहरुको सेयर कर्नरिङ हुने क्रम भने रोकिएको छैन् । कम पुँजी कै कम्पनीहरुको सबै सेयर डिम्याट भएपनि सेयर कर्नरिङ हुनबाट नरोकिएपछि यस्ता कम्पनीलाई बजारमा तत्काल प्रवेश दिन नहुने उपाय समेत सरोकारवालाहरुले सुझाएका छन् ।

‘साना कम्पनीलाई तत्काल बजारमा कारोबारको लागि फ्लोर दिइनु हुँदैन्,’ स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष प्रियराज रेगमीले भने । उनले यस्ता कम्पनीहरुको सेयर कारोबार संस्थागत लगानीकर्ता, बजार निर्मातालगायतकाबाट निश्चित समयसम्म गराउने र उपयुक्त मूल्य स्थापित भएपछि मात्र सूचीकरणको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

रेग्मीले सुझाएको उपाय धेरै हदसम्म उपयुक्त छ । तर, पहिले बजार निर्माता जस्ता संस्थाहरु भने भित्र्याउन जरुरी छ । संस्थागत लगानीकर्ताको रुपमा सिमित नागरिक लागानी कोषलाई यो भुमिका दिइने बताइएको भएपनि हालसम्म यसमा ठोस प्रगती भएको छैन् ।

संस्थागत लगानीकर्ताका रुपमा सञ्चालनमा रहेका सामूहिक लगानी कोषहरुलाई हाल हरेक प्राथमिक सेयर निष्कासनमामा लगानी गर्न निश्चित अंश सेयर छुट्याउनै पर्ने व्यवस्था छ । तर, बजारमा स्थिरता ल्याउन यस्ता योजनाले प्रत्यक्ष भुमिका निर्वाह नगरेको भन्दै लगानीकर्ताहरुले उनीहरुको लागि सेयर छुट्याउनु पर्ने व्यवस्था समेत हटाउनु पर्ने माग गर्दै आएका छन् ।

यो पनि हेरौं:  ‘सेयर कर्नरिङ’ साधारण लगानीकर्ताले बुझ्नै पर्ने कुरा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment