Comments Add Comment

साउनमा ब्रत एवं उपवास: किन, कसरी, कसले बस्ने ?

उपवासको वैज्ञानिक तथा सामाजिक महत्व


साउन महिना सुरु हुँदैछ । साउन महिनामा धार्मिक अनुष्ठान, पुजाआजा तथा व्रत बस्ने गरिन्छ । यो आडम्बर वा अन्धविश्वास होइन । साउन महिनामा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा संलग्न हुनुको सामाजिक तथा वैज्ञानिक महत्व पनि छ ।

किन बस्ने उपवास एवं ब्रत ?

भनिन्छ, ग्रह-उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाम हुने वायुमन्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने संभावना अत्याधिक हुन्छ । विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन्छ । त्यसैले शरीरमा हुनसक्ने संभावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं ब्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पुर्‍याउँछ ।

कस्तो छ परम्परा ?

विशेषगरी महिलाहरु यस महिनामा महादेवको आराधना गरी आफ्ना श्रीमान्को लामो आयुको लागि उपवास एवं ब्रत बस्ने गर्छन् । त्यस्तै, विवाह नभएका युवतीहरु राम्रो श्रीमान् पाउने मनोकांक्षा सहित उपवास बस्ने चलन छ । आखिर जुनसुकै मनासयले उपवास एवं ब्रत बसेपनि त्यसको विधी भने सिलसिलाबद्ध हुन जरुरी छ । त्यसैले उपवास एवं ब्रत बस्नुअघि निम्न कुरामा ध्यान दिनैपर्छ ।

१. उपवास एवं ब्रत बस्नुअघि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । उपवास बसेको बेला धेरै शारीरिक श्रम गर्नु उचित हुँदैन । मनलाई शान्त राख्नुपर्छ । प्रशन्न हुनुपर्छ ।

२. साउनको सोमवार वा अन्य जुनसुकै दिन उपवास एवं ब्रत बस्ने भए त्यस दिन भन्दा दुई, तीन दिन पहिले देखि नै फलफुल तथा तरकारीको सेवन बढी मात्रामा गर्नुपर्छ । तर यदि साउन महिनाभर उपवास एवं ब्रत बस्ने हो भने चाहि त्यसको लागि विशेष तयारी आवश्यक छ ।

३ . उपवास एवं ब्रत बस्नु दुई, तीन दिन पहिलेदेखि अली बढी अन्न सेवन गर्ने । उपवास एवं ब्रत बस्नु एक , दुई दिन अगाडी एक समय रोटीका , सलाद तथा तरकारी तथा फलफुलको सेवन गरौ ।

४ . उपवास एवं ब्रत बसेको बेला एक गिलास दुध, कागति पानी, जुस र फलफूल सेवन गर्न सकिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन दिदैन ।

५. धेरै दिनसम्म उपवास एवं ब्रत बस्ने हो भने ३/४ दिन सम्मम भोक लागेको महसुस हुनसक्छ । यस्तो अवस्थामा कागती पानी, मह वा २-३ गिलास केवल पानी पिउनाले मात्र पनि पेटको भोक हट्ने गर्छ ।

६. कतिले दिनमा एक छाक खाना मात्र पनि खाने गर्छन् । यसरी दिनभर भोकै बसेर राती एकसाथ धेरै खानेकुरा भने सेवन गर्नु हुँदैन ।

७. उपवास एवं ब्रत बस्दा विहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यस्तै, शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु उचित हुन्छ ।

९. उपवास एवं ब्रत बस्दा मुख सुक्ने तथा दिशा नुहने समस्या आउन सक्छ । यसबाट बच्नको लागि अमला, नासपाती , त्रिफला, पालुङ्गोको सुप तथा करेलाकेा रसको सेवन पेट सफा गर्न उचित मानिन्छ । त्यस्तै उपवास एवं ब्रत बस्दा पिसाब पोल्न, पेट दुख्ने, छाती पोल्ने , कव्जियत, संक्रमण तथा गन्हाउने पसिना लगायतको समस्या पैदा हुने गर्छ । यस्तो अवस्थामा एकै पटक पानी पिउनुको सट्टा एक एक घण्टाका फरकमा कागती पानीको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

१०. निराहार ब्रत बस्नुअघि केहि सावधानी अपनाउनुपर्छ । पानीसमेत सेवन नगर्दा शरीरमा हिडाइडे्रशन हुनुका साथै शरीरमा भएका हानीकारक पदार्थ शरीरले बाहिर फाल्न सक्दैन जसले गर्दा रोगको संक्रमण हुने सम्भावना बढेर जान्छ ।

उपवासको फाइदा

– उपवासले शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् ।

– पाचन प्रणाली सक्रिय बनाउनुका साथै अपच, ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, आउँ, कोलाइटिसजस्ता पेटसम्बन्धी रोगहरू निको पार्न मद्दत गर्छ ।

– मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।

– स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।

– फोक्सो, कलेजो तथा मिर्गाैलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।

– स्वस्थ व्यक्तिले पनि एक वर्षमा एकपटक मध्यम उपवास गरेमा शरीर स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।

– रक्तसञ्चार क्रियालाई सक्रिय बनाउनुका साथै रगतमा हुने चिल्लो कोलेस्ट्रोल कम गर्छ ।

सावधानी

१. कुनै रोग छ वा औषधी सेवन गरिरहेको छ भने ब्रत एवं उपवास बस्नु हुँदैन । वा चिकित्सकको परामर्श आवश्यक हुन्छ ।

२. गर्भावस्थामा ब्रत तथा उपवास बस्नु उपयुक्त हुन्न ।

३. कमजोरी भएमा वा कुनै शारीरिक समस्या भएमा उपवास बस्नु उपयुक्त हुँदैन ।

४. उपवास बस्नुअघि आफ्नो शारीरिक अवस्था थाहा हुनुपर्छ ।

५. उपवास विधीपूर्वक सिलसिलावद्ध ढंगले गर्नुपर्छ ।

हेल्थ टिप्स

साउन महिनामा उपवास वस्दा ग्याष्ट्रिकको समस्य भए, निम्न उपाय अपनाउन सकिन्छ ।

– ग्याष्ट्रिको कारण पेटमा समस्य छ भने, त्यस समय एक/दुई दाना स्टवेरी खानु पर्छ ।

– १ चम्चा वेकिङ सोडालाई एक गिलास पानीमा मिसाउने, त्यसमा थोरै नुन र कागती राखेर सेवन गर्ने ।

– ग्याष्ट्रिकवाट छुटकारा पाउन घिउकुमारी पनि प्रयोग गर्न सकिन्छ ।

– यस्तो अवस्थामा सुकुमेल, जीरा, दालचीनी, लसुन र अदुवाको सेवन पनि प्रभावकारी हुनसक्छ ।

– पुदिना वा दालचिनीको फ्लेवरयुक्त चियाले पनि पेटको समस्य ठीक हुन्छ ।

– कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियामा सघाउ पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment