+
+
Shares

अजम्बरी प्रेम गर्ने आना र आशिरमानको वाचा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १ गते ११:०५


नायिका आना शर्मा र नायक आशिरमान देसराजको जोडी भदौ २ गतेबाट पर्दामा चम्कने तयारीमा छन् । यी दुइले अभिनय गरेको चलचित्र ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज हुँदैछ ।

ट्रेलर सार्वजनिक भएपछि हाइप पाएको यो चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘अजम्बरी लाउला पिरती’ बोलको गीतको भिडियोमा आना र आशिरमानको प्रेमलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

कालिप्रसाद बास्कोटा र मेलिना राइको आवाज रहेको गीतमा कालिप्रसादकै संगीत, कालिप्रसाद र सविन एकतारेको शब्द छ । भिडियोमा आना र आशिरमानको लोभलाग्दो प्रेम देखाइएको छ ।

हेमराज वीसीको निर्देशनमा तयार भएको यो चलचित्रलाई सरोज न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा आना शर्मा, आशिरमान देसराज, संयम पुरी, रोजिशा शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।

ग्याङस्टारहरुको कथामा बनेको चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?