Comments Add Comment

उपेन्द्र र बाबुरामको संयुक्त वक्तव्यः प्रदेशको चुनाव पहिले होस्,२४० निर्वाचन क्षेत्र अस्वीकार्य

१ साउन, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालले २४० निर्वाचन क्षेत्र स्वीकार्य नहुने बताएका छन् । साथै संघीय संसद भन्दा पहिला प्रदेशको चुनाव गर्न माग गरेका छन् ।

संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधन प्रक्रियालाई तत्काल टुंगो लगाउन आग्रह गरेका छन् । संविधान संशोधनले मात्र आगामी निर्वाचनका लागि सहज वातारण बनाउने भन्दै दुई नेताले भनेका छन्, ‘अन्यथा, सो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्नेछ ।’

यादव र भट्टराईले पुरानै संसदीय निर्वाचन क्षेत्र २४० कायम राख्ने प्रयास मान्य नहुने बताएका छन् ।

२४० कायम राख्दा संघीयता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भन्दै दुई नेताद्धार जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गरियोस् ।’

राज्य पुनर्संरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न नपाइने नेताद्धयले बताएका छन् ।

समानुपातिक हटाए २४० निर्वाचन क्षेत्र मान्य हुने सक्ने केही नेताहरुको अभिव्यक्तिप्रति संकेत गर्दै यादव र भट्टराईले भनेका छन्, संघीयता, गणतन्त्र, धर्मनिरेपक्षता, समावेशिता जस्ताविषयलाई नकारात्मकप्रभावपार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य हुने छैन ।’

तीन वटै निर्वाचन एकै चरणमा हुनु पर्ने आफूहरुको धारणा रहेपनि स्थानीय तहको निर्वाचन भइसकेकोले अब प्रदेशको चुनाव गर्नु नै सान्दर्भिक र उपयुक्त हुने भट्टराई र यादवको निष्कर्ष छ । उनीहरुले भनेका छन्, ‘संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरि संघीयता व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्नेछ । त्यसैले प्रदेशको चुनाव पहिले नै गरियोस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment