Comments Add Comment

‘छक्का पन्जा २’को गीतमा लफडा, दीपकले दिए यस्तो स्पष्टिकरण


सार्वजनिक भएको ३ दिनमै युटुबमा रेकर्डतोड दर्शक पाएको चलचित्र ‘छक्का पन्जा २’को ‘नसमाउ नाडीमा’ बोलको गीत अहिले विवादमा फसेको छ ।

विशेषगरि, गीतको संगीत संयोजनमा विवाद भएको हो । गीत सार्वजनिक भएको दिन यसको संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो । तर, पछि गीतका सर्जक अर्कै भएको भन्दै सामाजिक संजालमा प्रश्न उठेपछि यसका निर्माता दीपकराज गिरीले वास्तविक सर्जकको नाम नै क्रेडिट लाइनमा समावेश गरे ।

तर, पनि सामाजिक संजालमा अहिले विभिन्न खालका व्यङ्ग्यहरु बनाइएको छ । स्वर्गिय कान्छा मगर नेपालीले तयार पारेको धुनलाई अल्मोडाले आफ्नो भन्दै नाम राखेपछि विवाद भएको हो ।

यो बिषयमा चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुक मार्फत स्पष्टिकरण दिएका छन् । उनले लेखेका छन्-‘गीत चोरीको नभइ यसका वास्तविक सर्जकलाई गायक अल्मोडाले मेरो सामु नल्याएको तथ्य थाहा भयो । मैले जब थाहा पाएँ, तुरुन्त यो गीतको वास्तविक कम्पोजरको नाम क्रेडिट टाइलटमा राख्न लगाएँ । हामीलाइ पनि अध्यारोमा राखिएको थाहा भयो ।’

दीपकले यो गीत तयार पार्ने जिम्मा लिएका अल्मोडा राना उप्रेतीले नै आफूहरुलाई अध्यारोमा राख्ने काम गरेको बताएका छन् । साथै आफूहरुले सर्जकलाई कहिले पनि अपमान हुन नदिएको र नदिने दीपकको भनाइ छ ।

यस बिषयमा अहिले अल्मोडा, चलचित्रको टिम र स्वर्गिय कान्छा मगरको परिवारविच कुराकानी भैरहेको वुझिएको छ । यो गीतको कोरियोग्राफीलाई लिएर धेरैले आलोचना गरेका छन् भने अडियोलाई रुचाइएको छ । असोज ११ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यो गीतको भिडियो अहिले नेपालमा युटुबको ट्रेन्डिङको नम्बर १ मा छ भने, ३ दिनमा करिब १७ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment