+
+
Shares

विवेकशील र साझा पार्टीको एकता भोलि, मिश्र र थापाको संयुक्त नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १० गते १७:३०
साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील नेपालीका उज्जवल थापा ।

१० साउन, काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकताको घोषणा भोलि (बुधबार) हुने भएको छ । दुवै पार्टीका नेताहरु अहिले एकताको मोडालिटीबारे अन्तिम छलफलमा जुटिरहेका छन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने स्रोतले बतायो । यसको विकल्पमा ‘साझा विवेकशील पार्टी (वा दल) पनि प्रस्ताव भएको स्रोतको भनाई छ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय बनाउने सहमति भएको छ । केन्द्रीय समितिमा अहिले दुवै पार्टीबाट १७/१७ जना राख्ने र पछि थप १७ जना मनोनित गरिने छ ।

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ । उनीहरुको अधिकार र बरियता समान रहने स्रोतले बतायो । उनीहरुको पदको नाम के राख्ने भन्नेमा छलफल जारी छ ।

वैचारिक र सैद्धान्तिक विषयहरु भने सबैजसो मिलिसकेका छन् । पहिले साझा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र त्यसपछि औपचारिक एकता गर्ने सहमति छ । जतिसक्दो चाँडो महाधिवेसन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी बनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?