११ साउन,काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति कार्यालयमा स्वतन्त्र मिडियालाई समाचार संकलन तथा छायांकनमा रोक लगाइएको भन्दै आपत्ति जनाएको छ ।
बुधबार हुने मन्त्रिपरिषद् सदस्यहरुको सपथग्रहणमा समेत निजी क्षेत्रका स्वतन्त्र मिडियालाई प्रवेश नदिने जानकारी गराइएको महासंघले जनाएको छ ।
सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएर बिभेदपूर्ण व्यवहार गरेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ ।
महासचिव उजिर मगरले बुधवार विज्ञप्ति जारी गरी राज्यका जिम्मेवार निकायले सार्वजनिक सरोकारका महत्वपूर्ण कार्यक्रममा मिडियालाई पहुँच नदिने र स्वतन्त्र मिडियाप्रति गरिने विभेदले प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने बताएका छन् ।
महासंघले सहज समाचार संकलनको व्यवस्था मिलाउन आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4