+
+
Shares

अछाममा वृद्धभत्ता पाउन उमेर बढाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १२ गते १३:२३

१२ साउन, अछाम । बुधबार मध्यान्ह १२ बजेतिर जिल्ला प्रशासन कार्यालय अछाममा लगभग ५५ वर्ष उमेरका एक व्यक्तिले नागरिकताको सिफारिस पत्र प्रमुख जिल्ला अधिकारीको टेबुलमा राखे ।

निमित्त प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले त्यो सिफारिस तीन पटक ओल्टाई पल्टाई हेरे । ती व्यक्ति श्रीमतीको नागरिकता बनाउन आएका रहेछन् ।

सिफारिसपत्रमा श्रीमान र श्रीमतीको उमेर १५ वर्षको फरक भेटिएपछि निमित्त प्रजिअले सोधे, ‘तपाई कति सालमा जन्मनु भएको हो ?’ ती व्यक्तिले हत्तपत्त उत्तर दिए, ‘मेरो त १९ हो, विग्रेको छ ।’

उनकी श्रीमतीको जन्म साल विक्रम संवत २००४ साल राखेर नागरिकताको सिफारिस आएको रहेछ । श्रीमान्-श्रीमतीको यति फराकिलो उमेर हुन नसक्ने भन्दै सहायक प्रजिअ काउचाले प्रहरी सर्जिमिन ल्याएर आउन भन्दै फर्काइदिए ।

वृद्धभत्ता पाउन उमेर बढाएर नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस आउन थालेपछि छन् ।

नागरिकता बनाउन बाँकी रहेका व्यक्ति ५० बर्ष उमेर पुगेपछि बढाएर भत्ता पाउने उद्देश्यले नागरिकता सिफारिस आउन थालेका निमित्त प्रजिअ काउचाले जानकारी दिए । ‘श्रीमान्-श्रीमती एकै उमेरका देखिन्छन् तर नागरिकता सिफारिसमा २०/२२ वर्षसम्म फरक भएको सिफारिस आउन थालेका छन्,’ निमित्त प्रजिअ काउचाले भने ।

रामारोशन गाउँपालिकाबाट गलत नियतले आएको यस्तै नागरिकता सिफारिस फिर्ता गरिदिएको निमित्त प्रजिअको भनाइ छ ।

नयाँ निर्वाचित वडा अध्यक्षबाट अध्ययन विनै नागरिकताका लागि सिफारिस गरिन थालिएको छ । निमित्त प्रजिअ काउचाले भने ‘पहिले गाविस सचिवले रोकेका थिए, अहिले एकै दिन दुई/तीन वटा यस्ता सिफारिस आउन थालेका छन् ।’

जथाभावी नागरिकता सिफारिसलाई नियन्त्रणका लागि कानुनी लगायत अन्य छलफल भइरहेको काउचाको भनाइ छ ।

दलितलाई ६० वर्ष र अन्यलाई ७० वर्ष उमेर पुगेपछि समाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?