१३ साउन, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा २१ करोड लगानीमा १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापना हुने भएको छ । कांग्रेस नेता प्रकाशमान सिंह र शिव तान्त्रिक गुरु बुद्धिकुमार खड्गीेले शुक्रबार एक कार्यक्रमका बीच १ सय ८ फिट अग्लो महादेवको मूर्तिको शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले जनप्रतिनिधिहरुलाई स्थानीयबासीको भावना अनुसार काम गर्न सुझाव दिए ।
मूर्ति शिलान्यासका कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । भक्तपुर तथा काभ्रेको सीमानामा २१ करोड रुपैयाँ खर्च गरेर महादेवको मूर्ति बनाउन लागिएको हो । जमीनबाट ४० फिट गहिराई र जमिन सतहबाट १ सय ८ फिट अग्लो ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेवको मूर्ति स्थापना गर्न लागिएको हो ।
कल्पेश्वर महादेव मूर्ति स्थापनाको लागि कलमसीको ८२ रोपनी खुल्ला चरणक्षेत्र कालिकाकल्पेश्वर महादेव मन्दिरको नाउँमा केही वर्षअघि भोगाधिकार आइसकेको छ । महादेवको मूर्ति स्थापना भएपछि पर्यटकहरुको आगमन बढ्ने र त्यसले विकास निर्माणको कामलाई अघि बढाउन सहज हुने स्थानीयहरुको धारणा छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको साँगामा पनि महादेवको पूर्णकदको मूर्ति छ ।
प्रतिक्रिया 4