Comments Add Comment

रसुवागढी-केरूङ नाकामा एक दिने पास लागू गर्न नेपालको माग

१४ साउन, काठमाडौं । नेपालले चिनियाँ पक्षसामू रसुवागढी – केरूङ नाकामा एक दिने पास लागू गर्न प्रस्ताव गरेको छ । हाल रसुवावासीले मात्र पासका आधारमा प्रवेश पाउने व्यवस्था छ ।

शनिबार दुर्इ देशका अधिकारीहरूबीच भएको वार्तामा रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने नेतृत्वको नेपाली टोलीले जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने पासलाई आधार मानेर केरुङसम्म जान एक दिने पासको व्यवस्था लागू गर्न अनुरोध गरेको थियो ।

जवाफमा चिनियाँ अधिकारीहरूले तेस्रो देशका नागरिक समेत आवतजावत गर्न मिल्ने गरी नाका सुचारु गर्न घोषणा भइसकेको र केही समयपछि कार्यान्वयनमा आउने जानकारी दिएका छन् । साथै पक्षले केन्द्रीय स्तरमा पहल गरी केन्द्रीय स्तरबाट सहमति भएमा एक दिने पास लागू गर्न सकिने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले पास वाहक यात्रुलाई भएका कतिपय व्यवहारिक कठिनाई हटाउन अनुरोध गरेका छन् । यसमा चिनियाँ पक्षले सकारात्मक धारणा व्यक्त गरेको छ

नेपाली पक्षले स्याउ लगायतका फलफूल ढुवानी र किलयरेन्समा समस्या हुँदा विग्रिने सड्ने गरेको भन्दै त्यस्ता कन्टेनरलाई प्राथमिककता दिन पनि आग्रह गरेको छ ।साथै नेपालबाट जारी गरिने फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा सागसब्जी, मासुजन्य पदार्थ, वोडी, सीमी, आलु, लगायतको  सहज निकासी अनुमति दिन पनि प्रस्ताव गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

जवाफमा चिनियाँ अधिकारीप्हरूले नेपालबाट निकासी गर्न सकिने वस्तुको लिस्ट उपलब्ध गराउन र त्यसको गुणस्तर परिक्षण गर्न केहि समयमा टोली पठाउने जानकारी गराएको झ । यसका लागि केन्द्रीयस्तरबाट समेत पहल हुन पर्नेमा चिनियाँ पक्षले जोड दिएको छ ।

सीमा नाकाबाट हुन सक्ने मानव बेचबिखन, लागुपदार्थ  ओसार पसार, वन्यजन्तुका अंगहरु निकासी, बहमूल्य जडीबुटी तथा अवैध सुन लगायतको गैरकानूनी ओसार पसार रोक्न नेपाली तथा चिनियाँ सुरक्षाकर्मीहरुबाट गस्ती निगरानी बढाउने, कडाईका साथ चेकजाँच गर्ने र सूचना एक आपसमा आदान प्रदान गरी नाकामा परिचालन हुन दुवै पक्ष सहमत भएका छन् ।

बैठकमा चिनियाँ अधिकारीहरूफ नेपाली भूमिमा हुन सक्ने चीन विरोधी गतिविधीबारे चासो व्यक्त गरेका थिए । जवालमा नेपाली अधिकारीहरूले नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको र नेपाली भूमिमा चीन विरुद्ध कुनै पनि गतिविधि हुन नदिन सूचना संकलनलाई बढी प्रभावकारी बनाई आवश्यक सुरक्षा सर्तकता बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment