Comments Add Comment

मायामी क्लासिकोः बार्सिलोनाले रियल मड्रिडलाई हरायो

१५ साउन, काठमाडौं । इएल क्लासिको मायामीमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि जित हात पारेको छ ।

आइतबार विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै राकिटिकले गोल गर्दै अग्रता दोब्बर पारे ।

१४ औं मिनेटमा रियल मड्रिडका काभासिसले गोल गरे । खेलको ३६ औं मिनेटमा रियलका एसेन्सिओले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा टुंगियो ।

दोस्रो हाफको पाँचौं मिनेटमा नै जेरार्ड पीकेले गोल गरे । यससँगै बार्सिलोनाले प्रि सिजन टुरका तीन वटै खेल जितेको भने रियल मड्रिड जित विहीन पुन पुग्यो ।

मायामीमा भएको खेलमा रियल मड्रिडका सर्जिओ सामोस प्रि सिजन टुरमा पहिलो पटक खेलेका थिए । जिनेदान जिदानले रोनाल्डो र टोनी क्रुजलाई खेलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment