Comments Add Comment

इन्टर मेडिकल फुटसलको उपाधि फिलिप्स हस्पिटेकलाई

१५ साउन, काठमाडौं । प्रथम इन्टर मेडिकल फुटसल प्रतियोगिताको उपाधि फिलिप्स हस्पिटेक इन्टरप्राइजेजले जितेको छ ।

हृयाण्ड नेपाल नामक संस्थाको आयोजनामा शनिबार शान्तिनगर फुटसल मैदानमा सम्पन्न फाइनलमा अल्का अस्पतालको फार्मेसी टोलीलाई ३-२ गोलले हराउँदै उपाधि जितेको हो ।

फिलिप्सलाई उपाधि दिलाउन प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत चुनिएका प्रहृलाद चौलागाईंले हृयाटि्रक गरे । एक शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै फिलिप्स खेलमा फर्किएको थियो ।

चौलागाईं प्रतियोगिताका उच्च गोलकर्तासमेत हुन् । उनले १४ गोल गरे ।

उपाधिसँगै फिलिप्सले १ लाख नगद पुरस्कार पायो भने उपबिजेता अल्का फार्मेसीले ५० हजारमा चित्त बुझायो । उत्कृष्ठ खेलाडी घोषित भएका चौलागाईंले १० हजार पाए भने उच्च गोलकर्ताको रुपमा अर्को ५ हजार थापे ।

सेमिफाइनलमा अल्का फार्मेसीले शिक्षण अस्पतालको टोलीलाई र फिलिप्सले अल्का डाक्टरको टोलीलाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो ।

पछिल्ला दुई शनिबार आयोजना भएको प्रतियोगितामा काठमाडौंका १५ अस्पतालका २० टोलीको सहभागिता थियो ।

अस्पतालका कर्मचारीहरुबीचको समन्वय र निकटता बढानउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक हृयाण्ड नेपालका अध्यक्ष डा. प्रदीप शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment