+
+
Shares

भरतपुर अस्पतालमा अत्याधुनिक सिटीस्क्यान सेवा सुरू

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते १४:२१

१५ साउन, चितवन । चितवनकै सवैभन्दा ठूलो सरकारी अस्पताल, भरतपुर अस्पतालले १२८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान आजदेखि सेवा सुरु गरेको छ ।

सफल हस्पीटेक इन्टरप्राइजेज प्रालिले अस्पतालको पुरानो अप्रेशन कक्षमा सिटी स्क्यान मेशिन सेटअप गरी अस्पताललाई हस्तान्तरण गरेसँगै सिटी स्क्यान सेवा सुरु भएको हो ।

सरकारी अस्पतालमा नै अत्याधुनिक सिटी स्क्यान मेशिन खरिद गरी सञ्चालनमा ल्याएपछि निजी अस्पतालमा पुगेर महंगोमा उपचार गराउनुपर्ने वाध्यता यहाँ आउने बिरामीहरूलाई हटेको छ । सिटी स्क्यानका लागि ३ देखि ९ हजार रुपैयाँसम्म शुल्क तोकिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडे्लले जानकारी दिए ।

दैनिक २५ भन्दा बढी बिरामीलाई सिटी स्क्यान गराउनकै लागि बाहिर पठाउनुपर्ने बाध्यताबाट पनि भरतपुर अस्पतालले मुक्ति पाएको छ ।

करिव ६ करोड ५० लाखमा सिटी स्क्यान मेसिन खरिद गरिएकेा हो । सिटी स्क्यानका लागि नेपाल सरकारले ८० प्रतिशत र भरतपुर अस्पताल विकास समितीले २० प्रतिशत खर्च व्यहोरेका छन् ।

मदन भण्डारी ट्रमा सेन्टर अन्र्तगत तत्कलीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले भरतपुर अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिद गर्ने निर्णय गरेका थिए । तत्कालिन स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले अस्पतालले सिटी मेसिन खरिदका लागि निकालेको टेण्डर पार्न सफल हस्पीटेक इन्टरप्राइजेज प्रालिको टेण्डर २०७३ भाद्र १५ गते स्वीकृत गरेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्रप्रसाद मरासिनी र टेण्डर पार्न सफल हस्पीटेक इन्टरप्राइजेज प्रालीबीच भाद्र ३० गते उपकरण ल्याउने सम्झौता भएको थियो ।

अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदीले सफल हस्पिटेकसँग अस्पतालले उपलब्ध गराएको ठाँउमा सबै सेटअप तयारी पूरा गरेर साँचो अस्पताललाई बुझाउने गरी सम्झौता गरेर छाडिएको स्मरण गरे ।

‘क्रोनरी एनजिओग्राफी’ गर्न मिल्ने अत्याधुनिक सिटीक्यान मेसिन राजधानी बाहिरका सरकारी अस्पतालमा अन्यत्र कतै उपलब्ध नभएको अस्पतालले दावी गरेको छ । स्वास्थ्य मन्त्रालयले गत वर्ष जेठ ५ गते भरतपुर अस्पताललाई सिटीस्क्यान मेसिन खरिदका लागि बजेटको सूनिश्चितता गरेको थियो ।

अस्पतालका मेसु डा. रूद्रप्रसाद मरासिनीले १२८-स्लाइसको सिटीक्यान मेशिन अहिलेसम्मकै पछिल्लो भर्सन भएकोले चितवनका अन्य अस्पतालका बिरामीहरूले पनि सुपथ मुल्यमा भरतपुर अस्पतालबाट सेवा लिन सक्ने बताए ।

डा. मरासिनीले भने, ‘गरिव जनता, भरतपुर अस्पतालका लागि यो निकै खुसीको बिषय हो, इतिहासमा एक फड्को पनि ।’

अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु

भरतपुर अस्पतालले साउन १५ आजैबाट न्युरो सर्जरी सेवा पनि शुरु गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार न्युरो सर्जरीका लागि आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको तयारी गरिएको छ ।

प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहीबार न्यूरो ओपिडी तथा २ दिन सोमबार र बुधबार न्युरो सर्जरी सेवा सञ्चालन हुनेछ । यसका लागि अस्पतालमा १० बेड क्षमताको सर्जिकल वार्ड र ५ बेडको न्युरो आइसियू सेटअप तयार गरिएको छ ।

भरतपुर अस्पताल विकास समितिले न्यूरो सर्जरी सेवा सञ्चालनका लागि डा. गुणराज पौडेललाई नियुक्त गरेको छ । उनीसँगै एक जना जनरल सर्जन समेत हुने छन् ।

न्यूरो सर्जन डा. पौडेल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आएका हुन् ।

यसैगरी, अस्पतालले भदौ पहिलो हप्ताबाट कार्डियो थोरासिक तथा भास्कुलर सर्जरी सेवा सुरु गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?