Comments Add Comment

लेखका सम्पूर्ण सिर्जना अब ‘किताब क्लव’मा

पुस्तक बजारलाई अन्तर्राष्ट्रियकरण गर्ने विश्वास

३० जुलार्इ, सिड्नी । अध्ययन,अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तक आकार दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ ।

नेपाली साहित्य र पाठकको विश्वव्यापी संजाल निर्माण गरिरहेको मोबाइल एप्स ‘किताब क्लब’ले सर्जकहरूको सृजनालाई बजारिकरण गर्न सघाउने भएपछि पुस्तक लेखकहरूलाई आफ्नो सृजना पाठकसम्म पु¥याउन र त्यसबाट आर्थिक लाभ लिन सजिलो हुने भएको हो ।

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवाहरूको समूहले तयार पारेको किताब छाप्ने, बेच्ने अनि पढ्ने ‘प्लेटर्फम एप्स’ले अब किताबको अंग पुगेका सृजनाहरूलाई सर्जकबाट सिधै पाठकमा पु¥याउनुका साथै नेपाली साहित्य र पुस्तक बजारलाई अन्तर्राष्ट्रियकरण गर्न लेखकहरूलाई सघाउने छ ।

यो एप्स मार्फत किताब बिक्रीबाट उठेको रकम केही प्राविधिक खर्च कटाएर सबै लेखकको हातमा पुग्नेछ ।

यसबारेमा लेखकसँग बिस्तृतमा सेवा, सर्त सम्बन्धी सम्झौता हुने अमृत तिवारीले बताए । तिवारीका अनुसार यस प्रकारको प्रकाशनका लागि एप्सका एडमिनिस्ट्रेटर तथा प्रोग्रमर मदनमणि अधिकारीसहितको टीम नै समर्पित भएर लागिरहेको छ ।

लेखकहरूमा हुने पाईरेसी वा प्रतिलिपी अधिकार सम्बन्धी चासोलाई सम्बोधन गर्न एप्सले किताबहरू ‘कपी’ नहुने प्रविधी अपनाएको छ ।

विश्वका फरक फरक देशमा बस्ने नेपालीले एकै समयमा ‘रिलिज’ भएका किताबहरू पढ्न सकुन भन्ने हिसाबमा सुरू गरिएको एप्सले पुस्तक प्रकाशक तथा लेखकको प्रतिलिपि अधिकार साथै कन्टेन्टको सुरक्षाका लागि सर्वस्वीकार्य प्रविधी र शैली प्रयोग गरेको एप्सका एडमिनिस्ट्रेटर तथा प्रोग्रमर मदनमणि अधिकारीले बताए । ‘हामी पाठकको अध्ययन अनुभवलाई अझ सहयोगी र सरल बनाउन लागि रहेका छौं’ अधिकारीले भने ।

‘किताब क्लब’ एप्स अहिले एण्ड्रोइड र आईओएस दुवै खालको अपरेटिङ सिस्टम भएका मोबाइल तथा ट्याब्लेटका लागि उपलब्ध छ ।

एपमा खाता खोलेर पाठकले एण्ड्रोइड मोबाईलमा एडोब डिजिटल एडिसन र आईफोनमा ब्लुफायर रिडर मार्फत नेपाली किताबहरू अफलाईनमा पनि पढ्न सक्छन् ।

एप्स मार्फत किनिने किताबहरूको मूल्य पनि नेपाली पाठक र उनीहरू बसेको ठाउँ हेरेर सस्तो रहेको किताब क्लबको दाबी छ ।

यसखालको प्रकाशन शैलीले नेपालमा प्रकाशन भएका पुस्तकहरू भौगोलिक कारणले पाठकहरूसम्म पुग्नै नसक्ने वा धेरै समय बितेपछि मात्र पाठकको हातमा पर्ने समस्या समाधान हुने ‘किताब क्लब’को विश्वास छ ।

‘कतिपय किताब पढ्न रूचि भएका यूरोप, अमेरिका, अष्ट्रेलिया तथा मध्यपूर्वका देशका नेपालीहरूले पढ्ने जाँगर नै मर्ने समयसम्म पनि किताब हातमा नपर्ने अवस्थाको अन्त्य गर्नमा ‘किताब क्लब’ले भूमिका खेल्ने तिवारी बताउँछन् ।

अब लेखकहरूबाट नै पुस्तक लिएर डिजिटल प्रकाशन गर्ने भएपछि विश्वभर छरिएका नेपालीलाई किताब पढ्न सस्तो समेत पर्नेछ ।

उनले भने,’यसले विदेशमा बस्नेहरूलाई लेख्न पनि प्रेरित गर्ने ‘किताब क्लब’को आशा छ । डिजिटल प्रकाशन गरिने किताबहरूको आईएसबीएन दर्ता र धेरै रूचाइएका किताबहरूलाई परम्परागत कागजी प्रकाशनमा समेत लैजाने ‘किताब क्लब’को योजना छ ।’

यतिखेर एपमा नेपालको राजनीति, इतिहासदेखि प्रसिद्ध व्यक्तिहरूका अनुभव अनुभूती समेटेका पुस्तकहरू छन् । केही साहित्य र राजनीतिका पुस्तक निशुल्क अध्ययनका लागि समेत उपलब्ध छन् ।

‘किताब एप्स” एण्ड्रोइड मोबाइका लागि यहाँबाट (https://play.google.com/store/apps/details?id=com.exolutus.kitabclub) डाउनलोड गर्न सकिन्छ भने आईफोनमा डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुपर्छ (https://itunes.apple.com/app/kitabclub/id1176480634?mt=8)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment