Comments Add Comment

एनआरएनद्वारा चोभारमा बृक्षारोपण

१ अगस्ट, काठमाडाैं । गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रले काठमाडौंस्थित चोभार डाँडामा वृक्षारोपण गरेको छ ।

नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकासको लागि विगतका केही वर्षदेखि बृक्षारोपण गर्दै आएको एनआरएनएले आदिनाथ सामुदायिक वन उपभोक्ता समूहसंग मिलेर गरेको बृक्षारोपण गरेको हो ।

चोभार स्थित आदिनाथ सामूहिक वनको क्षेत्रमा प्रमुख अतिथि विशेष अतिथि, अतिथिहरु र सहभागीहरुले रुऽाक्ष, बौद्धचित्त लगायत विभिन्न प्रकारका विरुवाहरु रोपेका थिए ।

बृक्षारोपण कार्यक्रम पछि आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजेन्ऽ कुमार केसी यस्तो पुनित कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि किर्तीपूर नगरपालिकाका मेयर रमेश महर्जनले चोभार क्षेत्रमा रहेका सम्पदाहरुको संरक्षण गरी आयमूलक पर्यकटकीय क्षेत्रको रुपमा विकास गरिने बताए ।

उपमेयर सरस्वति खड्काले अब बन्ने वन ऐनमा स्थानीय सरकारलाई वनको क्षेत्रमा ५ प्रतिशत मात्र अधिकार दिइने व्यवस्था हुन लागेको हुँदा सरोकारवाला सबै मिलेर स्थानीय वनमा स्थानीय सरकारको पूर्ण स्वामित्व हुनुपर्नेमा नेपाल सरकारसंग माग गर्न आग्रह गरिन् ।

वाड नम्वर ६ चोभारका वडा अध्यक्ष न्युच्छे महर्जनले किर्तीपूरमा रहेका वन उपभोक्ता समितिहरुसंग समन्वय गरी त्यहाँ रहेका क्षेत्रमा योगदान गर्ने र यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्दो मदत गर्ने बताए ।

कार्यक्रममा नेपालस्थित जापानी दूतावासका राजदूतका प्रतिनिधि ताकासी नाकाताले राजदूत माशासी ओगावाको सन्देश वाचन गरेका थिए ।
गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रका संयोजक किरण विक्रम थापाले केहीका वर्ष यता एसिया प्रशान्त क्षेत्रले वाषिर्क रुपमा स्थानीय सरोकारवालाहरुको सहयोगमा बृक्षारोपण कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक, आदिनाथ विद्यालयका पि्रन्सिपल र अन्य व्यक्तिहरुले बृक्षारोपण र पर्यावरण बारे आ-आफ्ना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment