Comments Add Comment

भारतीय रियालिटी शोमा नेपालकी इशा

भारतीय टेलिभिजन च्यानल एम टीभीबाट प्रशारण हुँदै आएको रियालिटी शो स्प्लिटस्भिल्ला मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश बिदेशबाट भएको अडिसनमा हजारौं मध्यबाट उत्कृष्ट १५ मा परेकी उनी तीन सातादेखि सो प्रतियोगितामा छिन् । यो रियालिटी शोको दसौ श्रृङ्खला चलिरहँदा पहिलो पटक नेपाली चेली छनोट भएकी हुन् ।

अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको यो शो चर्चित मानिन्छ । एमटीभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफु पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले बताएकी छिन् । जानकारी गराईन् ।

भारतका चर्चित मोडलहरुको सहभागीता रहने यो शोमा इशाले उत्कृष्ट १२ मा स्थान बनाइसकेकी छिन् । इशा नेपाली मोडल हुन् । उनले आफू चाडै नै नेपाली चलचित्रमा नायिकाको रुपमा देखापर्ने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment