Comments Add Comment

भर्चुअल मित्रता हुनसक्छ घातक


शंका छैन, अहिले अधिकांशको भर्चुअल साथी बढी छन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालका माध्यामबाट जोडिएका साथीको संख्या धेरै होलान्, जोसँग वास्तविक जीवनमा चिनजान नभएको पनि हुनसक्छ । भेटघाट नभएका हुनसक्छ ।

इन्टरनेटमा साथीको कमी छैनन् । यद्यपी इन्टरनेटको माध्यामबाट जोडिएका यी साथीहरुले ‘साथ र सहयोग’ दिने कुरा आफ्नो ठाउँमा छ, तर पीडा वा तनाव भने दिन सक्छ । त्यसैले भर्चुअल साथीसँगको मित्रतामा सधै चनाखो र सर्तक हुनैपर्छ ।

१. निर्भरता– साथीसँग गफ गर्नका लागि इन्टरनेट वा फेसबुकमा निर्भर नहुनुहोस् । थाहै नपाई यसको लतमा फस्न सकिन्छ, जो घातक सावित हुनसक्छ । कतिपय अवस्थामा के पनि हुनसक्छ भने, फेसबुक फ्रेन्ड्स  अनलाइन नभएको बेला आफुलाई दिक्क लाग्ने वा एक्लो महसुषसम्म हुनसक्छ ।

२. गोपनियता– भर्चुअल साथीसँग त्यती धेरै निकट हुनु पनि सहि होइन, जसमा आफ्नो सबै गोपनियता चुहाइन्छ । आफ्नो निजी कुरा, निजी फोटो, बिचार आदि शेयर गर्नुअघि सोच्नुहोस्, कतै भोलि त्यही कुराले तपाईलाई सताउने त होइन ? तपाईको नाम, फोटो दुरुपयोग हुने प्रशस्तै संभावना रहन्छ ।

३. सामाजिक जीवन- भर्चुअल साथीसँग बढी हेलमेल हुन थालेपछि तपाईमा एक किसिमको लत लाग्छ । उनीहरुसँगै कुराकानी गर्ने, रमाइलो गर्ने बानी पर्छ । यसले तपाईको सामाजिक एवं पारिवारिक जीवन प्रभावित हुन पुग्छ ।

४. निजी जिन्दगी- यस्तो अवस्थामा तपाईको निजी एवं नैसर्गिक जीन्दगी नराम्ररी प्रभावित हुनसक्छ । तपाईलाई भर्चुअल जीवनमा रमाउन बढी रुचिकर लाग्न थाल्छ । आफ्नो निजी जीवनको लागि तपाईले सिक्नुपर्ने, जान्नुपर्ने, बुझ्नुपर्ने कुराहरु ओझेल पर्छन् ।

५. स्वास्थ्य- फेसबुक एवं इन्टरनेटको मित्रताले तपाईको स्वास्थ्यमा पनि असर गर्न सक्छ । लामो समयसम्म एकै स्थानमा बसेर च्याट गर्दा न भोक-प्यास लागेको थाहा हुन्छ, न दिसा-पिसाब नै । यस्तो अवस्थामा तपाईको स्वास्थ्य क्रमस खराब हुँदै जान्छ ।

६. इमोशनल अत्याचार- भर्चुअल साथीको असली जीवनबारे तपाईले सत्य जानकारी पाउनुहुन्छ भन्ने छैन । उनीहरु तपाईको भावनासँग खेलबाड गरिरहेका हुनसक्छ । यसको नतिजा, तपाई मानसिक रुपले रोगी हुनसक्ने संभावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment