Comments Add Comment

गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलनमा


२५ साउन, काठमाडौं । देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सा क्षेत्रका विविध माग राखेर अनसनरत डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

विरोधमा उत्रिएका चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । नेपाल चिकित्सक संघ (गोदान) ले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेका छन् । संघले केसीको मागबारे सरकारले मौनता यथावत राखेमा कडा संघर्षका कार्यक्रम गर्ने जनाएको छ । संघले माग पूरा नगरेमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनीसमेत मंगलबार दिएको छ ।

चिकित्सा क्षेत्रका विविध विषयको सुधार माग गर्दै केसी ११ औंपटक अनसन बसेको १७ दिन पुगे पनि सरकारले उनको माग सुनुवाइ गरेको छैन । अनसनरत केसीको माग पूरा गराउन देशभर दबाब बढिरहेका बेला सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले विरोध थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment