Comments Add Comment

अष्ट्रेलियामा माइतिको झल्को मेटाउँदै नारी निकुन्ज

सुनिता दुलालले नचाउने

९ अगस्ट, सिड्नी । कला संस्कृति जोगाउन र प्रवासमा यसको महत्व दर्शाउनुको सट्टा ब्यवसायी रूपमा तीजको कार्यक्रम गर्नतिर होडबाज्जी चलिरहेको छ यतिबेला अष्ट्रेलियामा । तर, यही मूलुकमा रहेका नेपाली महिलाहरूको यस्तो एउटा समूह पनि यही छ, जसले बिगत ७ बर्षदेखि तीज सम्बन्धी कार्यक्रमको आयोजना विशुद्ध रूपमा परोपकारी उद्देश्यले मात्र गर्दै आइरहेको छ ।

एनआरएनए वमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले सन् २०१० देखि तीज कार्यक्रमलाई निरन्तरता दिंदै आइरहँदा यी महिलाहरूले अष्ट्रेलियामा गरेको यो कामबाट नेपालमा रहेका महिलाहरूलाई सहयोग मिलिरहेको छ ।’हामी यो कार्यक्रबाट उठेको रकम नेपालमा पाठेघर खस्ने महिलाका साथै उनीहरूको स्वास्थ्य र शिक्षामा सहयोग गर्छाैं,’ वमन फोरमकी संयोजक प्रतिज्ञा अधिकारीले भनिन्,’प्रवासमा माइतीको आँगन दिनु पनि हाम्रो भावना हो ।’

अगस्ट १२ का दिन सिड्नीको ओरियन फग्सन सेन्टर क्याम्सीमा यो कार्यक्रम भब्य रूपमा आयोजना हुने संस्थाकी पूर्व अध्यक्ष सृजना संग्रौलाले जानकारी दिइन । कार्यक्रममा चर्चित गायिका सुनिता दुलालले बिभिन्न गीतसंगीत प्रस्तुत गर्ने भएकी छिन् ।

यतिबेला नेपालबाट सुनिता पनि अष्ट्रेलिया आइसकेकी छिन् । अष्ट्रेलियामा परोपकारी तीज भित्र्याउने महिलाहरूको संस्थापको रूपले चिनिने नारी निकुन्जमा सबै महिलाहरूको मात्र सहभागिता रहेको छ । ‘हामीले परिवार र कामबाट बचेको समयलाई नेपालको परोपकारका लागि लगाएका छौ । यसमा हामीलाई सबैबाट सहयोग पनि मिलेको छ,’ एनआरएनए वमन फोरम न्यू साउथ वेल्स राज्यकी संयोजक सन्ध्या शाहले बताइन् ।

कार्यक्रम औपचारिक र अनौपचारिक गरेर दुई तरिकाले आयोजना हुने भएको छ भने कार्यक्रमको प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले उद्घाटन गर्ने छन् ।

‘अष्टेलियामा रहेका बिभिन्न संघ संस्थाहरूबाट पनि हामीहरूलाई बिबिध प्रस्तुतिहरू प्राप्त भएका छन,’ अधिकारीले भनिन्का, ‘र्यक्रमलाई मल्टी डायनामिकले साथ दिएको छ ।’

स्वच्छ र समाजसेवी कार्यक्रमहरूलाई साथ दिनु पर्ने भन्दै आफूहरुले कार्यक्रमका लागि सहयोग गरिरहेको मेघराज पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment