+
+
Shares

विराटनगर जलमग्न, विमानस्थल प्रभावित (तस्वीरसहित)

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ साउन २८ गते ९:१३

२८ साउन, विराटनगर । अविरल वर्षका कारण विराटनगरका अधिकांश स्थान डुवानमा परेका छन् । पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र नै डुवानमा परेको हो ।

राजमार्ग क्षेत्र मुनाल पथ महेन्द्र चोकलगायत स्थानका सडक जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ ।

मोरङ प्रहरी प्रमुख अरुण बिसीले हिजो साँझवाट परेको पानी अहिलेसम्म नरोकिँदा विराटनगर क्षेत्र जलमग्न भएको जानकारी दिए । बिसीका अनुसार, विराटनगरका कतिपय स्थानका मानिसलाई उद्धार नै गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको छ ।

पानीका कारण अहिलेसम्म कोही पनि बिस्थापित भने भएका छैनन् । हिजो साँझवाट परेको पानी यथावत रहेकाले प्रहरीले सम्भावित संकटबाट जोगिन सतर्कता बढाएको छ ।

विमानस्थल प्रभावित

लगातारको वर्षाले विराटनगर–४ स्थित आयल निगमको क्षेत्रीय कार्यालयको अन्दाजी १ सय मिटर कम्पाउण्डवाल भत्किएको छ भने विमानस्थल सुरक्षा गार्ड विराटनगरको भवन पूर्ण रुपमा डुबानमा परेको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार उक्त स्थानका प्रहरी कर्मचारी विमानस्थलको कार्यालयमा सारिएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?