+
+
Shares

विराटनगर जलमग्न, विमानस्थल प्रभावित (तस्वीरसहित)

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ साउन २८ गते ९:१३

२८ साउन, विराटनगर । अविरल वर्षका कारण विराटनगरका अधिकांश स्थान डुवानमा परेका छन् । पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र नै डुवानमा परेको हो ।

राजमार्ग क्षेत्र मुनाल पथ महेन्द्र चोकलगायत स्थानका सडक जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ ।

मोरङ प्रहरी प्रमुख अरुण बिसीले हिजो साँझवाट परेको पानी अहिलेसम्म नरोकिँदा विराटनगर क्षेत्र जलमग्न भएको जानकारी दिए । बिसीका अनुसार, विराटनगरका कतिपय स्थानका मानिसलाई उद्धार नै गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको छ ।

पानीका कारण अहिलेसम्म कोही पनि बिस्थापित भने भएका छैनन् । हिजो साँझवाट परेको पानी यथावत रहेकाले प्रहरीले सम्भावित संकटबाट जोगिन सतर्कता बढाएको छ ।

विमानस्थल प्रभावित

लगातारको वर्षाले विराटनगर–४ स्थित आयल निगमको क्षेत्रीय कार्यालयको अन्दाजी १ सय मिटर कम्पाउण्डवाल भत्किएको छ भने विमानस्थल सुरक्षा गार्ड विराटनगरको भवन पूर्ण रुपमा डुबानमा परेको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार उक्त स्थानका प्रहरी कर्मचारी विमानस्थलको कार्यालयमा सारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?