+
+
Shares

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २९ गते १४:४८

२९ साउन, काठमाडौं । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ । १७ जना बेपत्ता भएका छन् ।

सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?