२९ साउन, गुल्मी । अबिरल वर्षासँगै आएको पहिरोले बिद्युत परियोजनाको नहर बगाउँदा ९ सय घरधुरीमा बिद्युत आपूर्ति बन्द भएको छ ।
गुल्मीको मुसिकोट नगरपालिकाको वडा नं ७ स्थित दरमखोला लघु जलविद्युत परियोजनाको नहर पहिरोले बगाएपछि शनिवार बिहानबाट बिद्युत आपूर्ति बन्द भएकोे हो ।
अविरल वर्षाका कारण बसेरीमा झण्डै २ सय मिटर माथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेकाले विद्युत् अवरुद्ध भएको सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । बिद्युत परियोजनाको कुल ८५ किलोवाट क्षमता रहेको छ ।
विद्युत परियोजना अवरुद्ध भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको वडिगाड गाउँपालिकाको वडा नं ३ गरी चार वडाका ९सय घरधुरीका उपभोक्ता बिद्युत पहुँचबाट बञ्चित भएका हुन् ।
ठूलो पहिरो झरेसँगै विद्युत् नहरको निर्माणकार्य तथा मर्मत संहार गरी सञ्चालन गर्न झण्डै एक हप्ता भन्दा वढी लाग्ने प्राविधिकले बताएका छन् । विद्युत अवरुद्धपछि सञ्चार सेवासमेत प्रभावित भएको छ ।
प्रतिक्रिया 4