Comments Add Comment

औषधी र खाद्यान्न बोकेर बाढी प्रभावित क्षेत्रमा पुगे ‘धुर्मुस’


चर्चित हाँस्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन् । ‘धुर्मुस सुन्तली फाउन्डेशन’का तर्फबाट सहयोगमा जुट्नका लागि आफू अहिले महोत्तरी पुगेको सितारामले अनलाइनखबरलाइ जानकारी दिएका छन् । उनले औषधी, खाद्यान्न, त्रिपालसहित आफू बाढी प्रभावित सबै क्षेत्रमा पुग्ने र राहत वितरण गर्ने जानकारी दिए ।

उनले भने-‘हामीले खाद्यान्न महोत्तरीमा संकलन गरिसकेका छौ । मेडिकल टिमसँग पनि मैले समन्वय गरेको छु । सबैकुरा जुटाएर बाढीले प्रभावित भएका सबै क्षेत्रमा पुग्छौ ।’

उनका अनुसार, महोत्तरी, रौतहट, सिराहा, सप्तरी, इटहरी, मोरङ, झापा, विर्तामोड लगायतका क्षेत्र प्रभावित भएका छन् । यी सबै क्षेत्रमा पुगेर तत्काल गर्नुपर्ने सहयोग गर्ने धुर्मुसले बताए ।

उनले भने-‘अहिले बाढी प्रभावित क्षेत्रका जनतासँग खाना पकाउने र खाने भाडकुडा पनि छैनन् । सबै बाढीले डुबाएको अवस्था छ । यस्तो बेलामा झाडा पखालाको पनि समस्या हुन्छ । यसैले, हामीले दाल, चामल, विस्कुट, चाउचाउ, अमेरिकन औषधी, जीवनजल लिएर प्रभावित क्षेत्रमा पुग्ने तयारी गरेका हौँ ।’
उनले सबै कलाकार र सहयोगी दाताहरुलाइ यो अभियानमा सहयोग गर्न र एकजुट भएर अगाडि बढ्न पनि अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment