Comments Add Comment

बाढीग्रस्त १८ जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन, औषधि पनि पर्याप्त

२९ साउन, काठमाडौं । तराईका बाढी प्रभावित १८ जिल्लामा सरकारले र्‍यापिड रेस्पोन्स टिम पठाएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विशेषज्ञसहितको टोली पठाएको हो ।

टाइफाइड, आउँ, झाडापखाला जस्ता रोगको महामारी नफैलिओस् भनेर चिकित्सकको टोली बाढीबाट अति प्रभावित जिल्लाहरुमा पठाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख भीम आचार्यले जानकारी दिए । टिममा विशेषज्ञ डाक्टरसहित ११ जना छन् ।

‘चारवटा र्‍यापिड रेस्पोन्स टिम जनकपुर, नेपालगञ्ज, रौतहट र विराटनगरमा विपत व्यवस्थापनको लागि आजै प्रस्थान गरेको छ,’ डा. आचार्यले भने ।
उनले हालको लागि आवश्यक पर्ने औषधि पर्याप्त रहेको समेत बताए ।

बाढीका कारण मानवीय क्षति थप नहोस् भन्नका लागि क्षेत्रीय निर्देशनालयहरुलाई समेत अलर्ट हुन निर्देशन दिइएको छ । हरेक ठाउँको जानकारी मन्त्रालय र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई भइरहेको आचार्यले बताए ।

स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीहरुलाई विदा नबस्न र गोष्ठी सेमिनार जस्ता कार्यक्रम रोकेर बाढी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशनसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment