Comments Add Comment

बाढी प्रभावितलार्इ मह संचारको १ लाख सहयोगको घोषणा

पूजाले पनि १ लाख सहयोग गर्ने

देशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट प्रभावित जनताको सहयोगका लागि कलाकारहरु सक्रियताका साथ लागिपरेका छन् । एकपछि अर्को रुपमा कलाकारले नगद सहयोग गर्ने बताएका छन् भने केही कलाकार खाद्यान्न बोकेर प्रभावित क्षेत्रमा पनि पुगिसकेका छन् ।

यसैविच, मह संचारको तर्फबाट हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नगद १ लाख सहयोगको घोषणा गरेका छन् । यस्तै, उनीहरुले विभिन्न संघसंस्थासँग सहयोगको लागि कुराकानी भैरहेको पनि जानकारी फेसबुकमार्फत दिएका छन् ।

यस्तै, नायिका पूजा शर्माले पनि नगद १ लाख सहयोग गर्ने बताएकी छिन् । उनले, आफू आफै बाढी प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न चाहेको तर मौसमको खराबीले गर्दा जान नसकेको बताएकी छिन् । पूजाले बाढी प्रभावितलाई आफै प्रभावित स्थानमा पुगेर सहयोग गर्ने समेत बताएकी छिन् ।

पूजाले भनिन्-‘हेलिकप्टरबाट जान खोजेको, मौसम खराबीका कारण उड्दैन भन्ने खबर आयो । सडकबाट जान सकिने अवस्था छैन ।’ उनले चाडो भन्दा चाडो आफू प्रभावित क्षेत्रमा पुग्ने समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment