+
+
Shares

सुर्खेतमा विद्युत सेवा अवरुद्ध, वर्षा जारी, सन्त्रास ३ वर्ष अघिको

टेकबहादुर ओली टेकबहादुर ओली
२०७४ साउन २९ गते १६:२४

२९ साउन, सुर्खेत । दुई दिनदेखि सुर्खेत र दैलेखको विद्युत सेवा अवरुद्ध भएको छ ।

सुर्खेत-कोहलपुर प्रशारण लाइनको बीचमा वर्षाले विद्युत तार र पोलमा क्षती पुर्‍याउँदा विद्युत अवरुद्ध भएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा सुर्खेतका केही एफएम रेडियो स्टेशन वन्द भएका छन् । त्यस्तै सरकारी कार्यालहरुको काम प्रभावित भएको छ भने उद्योग धन्दा कलकारखानाको काम ठप्प प्राय छ ।

सर्वसाधारणलाई सामान्य दैनिकीमा समस्या भएको छ ।

विद्युत अवरुद्ध भएको ठाउँमै पुग्न सकिएन

नेपाल बिद्युत प्राधिकरण सुर्खेत वितरण शाखाले समस्या कहाँबाट आएको हो भन्ने पत्ता लगाउनै सकेको छैन ।

‘विद्युत कहाँ अवरुद्ध भएको हो हामीले थाहा पाउनै सकेका छैनौं’, केन्द्रका सुपरभाइजर विजेश रञ्जितले भने, ‘विग्रेको ठाउँ पत्ता लागेपछि मर्मत गर्न सकिने थियो ।’

सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने एकिन हुन उनले नसेकेको बताए । चेपाङको बबई नदीमा आएको बाढीले विद्युत पोल बगाएको हुनसक्ने अनुमान गरिएको रञ्जितले बताए ।

अवरुद्ध विद्युत सेवा सुचारु गर्न गएको टोली रत्न राजमार्गको ठाउँ-ठाउँमा गएको पहिरोले रोकिएको सुपरभाइजर रञ्जितले वताए ।

लगातारको भारी वर्षा र पहिरोका कारण मर्मत टोली पनि बीचमै अलपत्र परेको छ, सडक सुचारु भएपछि सवै पत्ता लागाएर विद्युत सुचारु गरिने उनले वताए ।

वर्षा जारी, सन्त्रास ३ वर्ष अघिको

सुर्खेतमा २०७१ साल आजकै दिन आएको वाढीले ठूलो क्षति पुर्‍याएको थियो ।

केही दिनदेखिको लगातारको वर्षाले सुर्खेतवासीलाई त्यही वर्षको सम्झना गराइरहेको छ । उनीहरुलाई कतै त्यस्तै वाढी आउने त होइन भन्ने चिन्ताले सताएको छ ।

त्यतिबेला आएको वाढीले १ सय २५ जनाको ज्यान लिएको थियो ।

पहिरोले घर बगाउँदा पुर्वी सुर्खेतमा एकै घरका तीन जनाको मृत्यु भइसकेको छ ।

वर्षाका कारण सुर्खेत पुग्ने रत्न राजमार्ग अवरुद्ध छ भने, जिल्लाका विभिन्न ठाउँ उच्च जोखिम रहेका छन् ।

जिल्लाको सिन्दुरेखोला, मेहेलकुना सडकखण्डको नाङ्गी, गोछेखोलालगायत क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?