Comments Add Comment

कोसी उच्च बाँध बनाउन भारतीय दबाब, बने ७५ हजार विस्थापित हुने

३१ साउन, काठमाडौं । भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब दिएको भए पनि त्यसलाई अस्वीकार गर्न विज्ञहरुले सल्लाह दिएका छन् । दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरुका औपचारिक तथा अनौपचारिक भ्रमण र प्रवुद्ध समूहका बैठकमा भारतीय पक्षले उच्च बाँध निर्माण कार्य थाल्न दबाब दिएको आजको कारोबार दैनिकमा खबर छ ।

नेपाल भारत प्रवुद्ध समूहका सदस्यसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले यसअघिकै सर्बेक्षणअनुसार कोसी उच्च बाँध बनाउन बारम्बार दबाब आएको खुलासा गरे ।

‘हामी नेपालीको अहितमा रहेको कोसी उच्च बाँध बनाउन भारतले बारम्बार दबाब दिँदै आएको छ,’ उपध्यायले भने – उसको स्वार्थ अनुसार बाँध निर्माणको सर्वेक्षण भएको हो । हामीले यसलाई अस्वीकृत गरेर कोशी ब्यारेकै संरचनालाई पनर्निर्माण गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment