Comments Add Comment

‘धुर्मुस’को समाजसेवा, चौतर्फी प्रशंसा


धेरै कलाकारले बाढीबाट प्रभावित मानिसहरुका लागि सामाजिक संजालमा स्टाटस लेखिरहँदा वा केही कलाकारले रकम सहयोगको घोषणा गरिरहँदा हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ भने महोत्तरी पुगिसकेका थिए ।

महोत्तरीमा पहिले नै खाद्यान्न र डाक्टरको बन्दोवस्त मिलाइसकेका धुर्मुस आइतबार बेलुकीबाट नै सहयोगमा खटिएका थिए । उनै, सिताराम र कुञ्जनाको ‘धुर्मुस-सुन्तली फान्डेशन’ले मंगलबार बेलुकी सामाजिक संजालमा केही तस्बिरहरु पोष्ट गर्‍यो । सामाजिक संजालमा यी तस्बिरहरु सार्वजनिक हुने वित्तिकै धुर्मुसको कामको प्रशंसा हुन थालेको थियो ।

मंगलबार यो समाचार लेखिरहँदा धुर्मुसको कामको प्रशंसा गर्नेहरुले उनलाई विभिन्न उप-नाम दिइसकेका छन् । आखिर, कस्तो थियो तस्बिर ? ‘न खाने गाँस छ, न त बस्ने बास छ । सम्पत्तीको नाउँमा शरीरमा एक सरो लूगा बाहेक केही बाँकी छैन । निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदहस्थित कोसी बाँध किनारका बाढी पीडितहरुको व्यथा हो यो । हामीले लिएर गएको राहतको सामाग्री उहाँहरु रहेको स्थानसम्म पुर्‍याउन निकै कठिन परेपछि उहाँहरुलाइ सुरक्षित स्थानमा भेला गराइ मुश्किलले राहत प्रदान गरियो ।’, फाउन्डेशनको आधिकारिक पेजमा यस्तो लेखिएको छ ।

स्थानियलाई सुरक्षित स्थानमा सार्नका लागि धुर्मुस आफै खटिएका थिए । कम्मर भन्द माथिसम्म डुबाउने पानीमा आफै पसेर धुर्मुसले एक बालकलाइ काँधमा बोकेका छन् । यो तस्बिर अहिले सामाजिक संजालमा निकै चर्चित मात्र भएको छैन, धुर्मुसको कामको चौतर्फी प्रशंसा पनि भएको छ । ३ वटा एकिकृत नमुना बस्ती बनाएका धुर्मुसले सरसफाइलाइ पनि निरन्तरता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment