Comments Add Comment

नेपाल लाइफद्वारा बाढीपीडित परिवारलाई २४ घन्टाभित्रै मृत्य दाबी रकम हस्तान्तरण

३१ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएकी कमलामाई नगरपालिका–६, सिन्धुलीकी दुर्गाकुमारी खड्काको परिवारलाई दश लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ एवं छिटो छरितो ढंगले सम्पन्न गरी आममानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयासस्वरुप साउन २८ गते निधन भएका परिवारलाई २४घन्टाभित्रै रकम हस्तान्तरण गरेको जनाएको छ ।

कम्पनीका सहायक प्रवन्धक विरोध भट्टले मृतकका श्रीमान उदयबहादुर खड्कालाई बीमा रकम प्रदान गरेका हुन् । बीमितले ५ लाख बिमांङ्कको जीवन बीमाबापत २४ हजार ३ सय ४ रुपैयाँ बीमा शूल्क बुझाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment