Comments Add Comment

चिनियाँ उपप्रधानमन्त्री वाङले गरे आयुर्वेद अनुसन्धान केन्द्रको अवलोकन

३२ साउन, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बुधबार कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेका छन् ।

चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ उपप्रधानमन्त्री याङ नेतृत्वको टोली बुधबार कीर्तिपुर पुगेको थियो । उनलाई स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले स्वागत गरेका थिए ।

मन्त्री पोखरेलले संघीय संरचना अन्तर्गत सातै प्रदेशमा एक-एक आयुर्वेदिक अस्पताल खोल्न सहयोग गर्न अनुरोध गरेका थिए । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले चीनका लागि नेपाली राजदूत लिलामणि पोखरेलमार्फत थप छलफल गर्ने प्रतिक्रिया दिएका छन् ।

याङले नेपालको परम्परागत आयुर्वेदिक पद्धतीमा आफू विश्वस्त रहेको भन्दै थप सहयोग गर्न तयार रहेको बतााए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. किरण रेग्मीले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रकोयथास्थितिबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रम पश्चात आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्य सचिव रेग्मीले आयुर्वेदको क्षेत्रमा विकासमा चीनले पनि धेरै सहयोग गरिरहेको र अब पनि धेरै अपेक्षा रहेको बताइन् । उनले भनिन्, ‘चीन सरकारले आयुर्वेदको विकासमा सहयोग गर्नुका साथै आयुर्वेदलाई निकै महत्व दिइरहेको अवस्था छ । यस विषयमा छलफल गरेर नेपालका बारेमा के थियो र केे छ भनेर बुझाउँदा पाउँदा निकै खुशी लागेको छ ।’

अस्पतालका कार्यकारी निर्देशक डा. सिद्धार्थकुमार ठाकुरले अस्पतालको उद्देश्य आयुुर्वेदको क्षेत्रमा अनुसन्धान गर्नु रहेका बताए ।

चीन सरकारको आर्थिक सहयोगमा स्थापना भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई उसले उपकरण पनि सहयोग गरेको छ । केन्द्रमा हाल शल्य चिकित्सा, स्त्री, प्रसुती सेवा अर्वुद्ध रोग उपचार, रेडियोलोजी, प्याथोलोजी, एक्स रे, सिटी स्क्यान लगायतका सेवा उपलब्ध छ ।
त्यसैगरी अस्पतालले अन्तरंग सेवा अन्तर्गत पञ्चकर्म, क्षरसुत्र, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोलोजी, टेलिमेडिसिन, एक्स रे, सिटी स्क्यान लगायतका सेवा सुरु हुने तयारीमा रहेको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment