Comments Add Comment

ए डिभिजन लिग मंसिर १४ बाट गर्ने एन्फाको निर्णय

३२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबल आगामी मंसिर १४ गतेदेखि गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फा बार्डको ए डिभिजन लिगको मिति तय गरेको हो । लिग चार वर्षदेखि हुन सकेको छैन । राउन्ड रोबिन डबल लिग झण्डै ६ महिनासम्म चल्नेछ ।

एन्फा सीईओ इन्द्रमान तुलाधरका अनुसार एन्फा कम्प्लेक्स सातदोवाटो र एपीएलको हलचौक मैदानमा लिग खेलाउने योजना छ ।

साथै एसियन क्लब च्याम्पियनसिपको प्लेअफ गुमाएको थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय पनि भएको छ ।

क्षतिपूर्तिबारे थ्रीस्टारसँग छलफल गरेर सहमपत जुटाउन उपाध्यक्ष मणि कुँवरको नेतृत्वमा तीन सदस्य सािति बनाइएको छ ।

यो समितिलाई १० दिनको समय दिइएको छ । एन्फाले असोज २३ मा साधारण सभा गर्ने र पुस २३ गते नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने प्रस्ताव पनि एएफसी सामू पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment